काठमाडौं । कुची, रंग, क्यानभासमा रमाउने चित्रकार तथा ललितकलाकर्मीहरुले खोज अनुसन्धान तथा प्राज्ञिक लेखन’bout पनि प्रशिक्षण लिएका छन् । ललितकला क्षेत्रको खोज अनुसन्धान तथा अभिलेखको अभाव भएको टिप्पणी आईरहेको बेला उनीहरुले लेखन कला सिकेका हुन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको लेखन कार्यशालामा उनीहरुले अनुसन्धान तथा लेखन कलाको जानकारी लिएका छन् । प्रतिष्ठानले अनुसन्धान तथा लेखनमा चासोराख्ने ललितकमीहरुको लागि ‘प्राज्ञिक लेखन कार्यशाला’ आयोजना गरेको हो । प्रतिष्ठानको अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशालामा करिब दुई दर्जन सर्जकहरुले अनुसन्धान तथा लेखन कला सिके ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. बालाकृष्ण अधिकारीले कार्यक्रममा प्राज्ञिक लेखन’bout प्रकाश पारे । उनले अनुसन्धान गर्ने तरिका र प्रक्रियासँगै त्यसपछि तयार पारिने अनुसन्धान लेख, लेखको परिचय, संरचना, लेख अंगको परिचय, अनुच्छेदको संगठनलगायतका विषयमा प्रशिक्षण दिए । उनले शोधलेखनले ज्ञानको व्यवस्थित प्रकाशन र नवीन ज्ञानको खोजी गर्दै अनुसन्धानमा मौलिक पद्धतिको अवलम्बन गर्नुपर्ने विषय पनि िसिकाए ।
यस्तै उपप्रधयापक डा. अधिकारीले कार्यक्रममा प्रशिक्षणका क्रममा ‘अनुसन्धान लेखको संरचना र प्रक्रिया’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरे । उनले यो कार्यपत्र मार्फत अनुसन्धान तथा लेखन प्रकृयाका ’boutमा जानकारी गराएका थिए ।
डा. अधिकारीको कार्यपत्रमाथि कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, प्राज्ञ एससी सुमन, विक्रममणि त्रिपाठी, केशव राज खनाल, अजय शर्मा, जगत वाशिष्ठलगायतले टिप्पणी गरे । उनीहरुले प्राज्ञिक लेखनका ’boutमा जिज्ञासा पनि राखे । उनीहरुको जिज्ञासालाई प्रस्ट्याउँदै डा. अधिकारीले प्राज्ञिक लेखनका प्रक्रिया’bout थप जानकारी गराए ।
कार्यशालामा नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, केशव सिवलवाल, एनवी गुरुङ, पारस ढकाल, नरबहादुर विसी, घनबहादुर थापा, रेनु अधिकारी (मौनता), लोकनाथ भुसाल, देवी मैनाली, सन्तोष राई, सुशील विके, जेनी घले, रेनुका ढकाल, नारायण ढुंगाना, हरिराम अधिकारी, राजमान महर्जन, दीपक श्रेष्ठलगायत विभिन्न ललितकर्मी सहभागी थिए ।
कार्यशालामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा ललितकला प्रज्ञा जर्नलका कार्यकारी सम्पादक विष्णु ज्ञवालीले डा. अधिकारीको कार्यपत्रमा प्रस्तुत विषयले ललितकलाकर्मीहरुलाई अनुसन्धान तथा लेखनमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले कार्यपत्रमाथि टिप्पणी गर्दै अनुसन्धान लेखनलाई जटिलतातर्फ नलगी वस्तुपरकतातर्फ उन्मुख गराउनुपर्ने सुझाब पनि दिए ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले अनुसन्धान तथा लेखनकला’bout प्रकाशपार्दै कार्यक्रममा भने,‘प्राज्ञिक अनुसन्धानले सिर्जनालाई परिचित तुल्याउँदै सम्मानको वातावरण सिर्जना गर्छ । यसले ललितकलाका विविध फाँटमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने छ ।’ यस किसिमका कार्यशालाले अनुसन्धातालाई लेखन कार्यमा उत्प्रेरित गर्ने भनाई उनले कार्यक्रममा राखे ।
यस्तै नेपाल संस्कृत विश्वविद्याल अनुसन्धान केन्द्रका पूर्व निर्देशक प्रा. डा. विष्णु दहालले पनि पूर्वीय र पाश्चात्य शोध पद्धतिका’bout कार्यक्रममा प्रकाश पारे । उनले ललितकलाका सबै विधाको अनुसन्धान गर्दै प्राज्ञिक लेखन गर्नुपर्ने ’bout पनि कार्यक्रममा प्रकाश पारे ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस्तो प्रशिक्षणलाई आगामी दिनमा पनि निरन्तता दिने बताए । उनले अन्य विधाका अनुसन्धान र ललितकलाको अनुसन्धानबिचको भिन्नता भएको बताए । यो भिन्नता बुझेर गम्भीर अवलोकनपछि मात्रै ललितकलाको प्राज्ञिक लेखन गर्न सकिने कथन उनको थियो । अग्रज र विशिष्ट योगदान दिएका कलाकारहरूको जीवनीलाई अनुसन्धान गराउँदैै नवप्रतिभालाई उत्प्रेरित गर्न पनि उनले सुझाब दिए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कार्यशाला’bout भने,‘ललितकलाका क्षेत्रमा शोध, अनुसन्धान अपर्याप्त रहको देखिएपछि त्यसको प्रवर्धनका लागि यो प्राज्ञिक लेखन कार्यशाला आयोजना गरिएको हो ।’ उनले प्रतिष्ठानका विभिन्न गतिविधिबाट प्राज्ञिक लेखनका निम्ति वातावरण तयार गर्दै अगाडि बढेको पनि बताए । प्रतिष्ठानले नियमित रुपमा छलफल चलाएर पनि प्राज्ञिक क्षेत्रलाई फराकिलो पार्ने कार्य गरिरहेको उनले जिकिर गरे,‘नेपाली कलाको सैद्धान्तिकीकरण र नेपाली कलालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्छ भन्ने आवाज पनि हामीले निरन्तर उठाईरहेका छौं ।’ सदस्यसचिव थुम्केलीले भने ।