नारायण गोपाल स्मृति सम्मान तीन संगीतकर्मीलाई

काठमाडौं । नारायण गोपाल संगीत कोषले यो वर्षको ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ तीन जना संगीतकर्मीहरुलाई प्रदान गर्ने भएको छ । स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवसको अवसरमा संगीतकार बुलु मुकारुङ, गायक कुमार बस्नेत र गीतकार शिवशंकर थापालाई नारायण गोपाल स्मृति सम्मान २०८१ प्रदान गरिने निर्णय कोषको कार्यसमिति बैठकले गरेको छ । पुरस्कार स्वरुप उनीहरुलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने पनि सो कोषले जनाएको छ ।

कोषले हरेकवर्ष १९ मँसिरमा नारायण गोपालको स्मृति दिवस मनाउँदै आएको छ । १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । यही स्मृति दिवसमा हरेक वर्ष कोषले १९ मँसिरमा संगीतकमीलाई स्मृति सम्मान प्रदान गर्दै आएको हो । यसै क्रममा यसपटक यी तिन श्रष्टालाई पुरस्कृति गरिने पनि नारायण गोपाल संगीत कोषका अध्यक्ष दीपक केसीले राजधानीलाई बताएका छन् ।

अध्यक्ष केसीका अनुसार कोषले यसवर्ष नारायण गोपालको ३४ औं स्मृति दिवस काठमाडौंको प्रज्ञा भवन कमलादीमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने भएको छ । नेपाल सांगीतिक संघ, गीतकार संघ नेपालको सहआयोजना र सार्वजनिक सेवा प्रशारण रेडियो नेपालको सहकार्यमा यो स्मृति दिवस मनाउन लागिएको पनि अध्यक्ष केसीले बताएका छन् ।

सम्झनामा नारायण गोपाल शिर्षकमा आयोजना गर्न लागिएको सो कार्यक्रममा दुई दर्जन भन्दा बढी कलाकारहरुले स्वरसम्राट नारायण गोपालको सम्झनामा उनका विभिन्न गीत संगीत प्रस्तुत गर्नेछन्,‘पूर्ण अर्केस्ट्राका साथ अग्रजदेखि नयाँ पुस्तासम्मका गायक–गायिकाहरुले सो कार्यक्रममा स्वरमा नारायण गोपालका गीतलाई प्रस्तुत गर्नेछन् ।’ अध्यक्ष केसीले भने । सो प्रस्तुतिका लागि कलाकाहरुले अभ्यासको कार्य पनि सुरु गरिसकेको पनि उनले जानकारी गराए । सो सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क राखिएकाले सुरुमा आउनेले सिट पाउने पनि उनले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी