उप निर्वाचनः मतदान प्रक्रिया सम्पन्न, आजै रातिवाट परिणाम आउने

मतदान केन्द्रमा मतदान गरिँदै सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै मतदाता । गढी–६ मा २४७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा १२ जना उम्मेदवार मैदानमा छन् । तस्बिरः नवीन गड्तौला/रासस

काठमाडौं । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएका छन ।आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् । आज २९३ मतदान केन्द्रवाट मतदाताले मत प्रकट गरेका छन् ।

 काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । 

आज रातीवाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पुर्ब जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर