एड्स नियन्त्रणको ‘ऐतिहासिक चौबाटो’मा संसार

मेक्सिको सिटी । लेनाक्यापाभिरलाई एड्स भाइरसविरुद्ध संसारले अहिलेसम्म बनाएको सबैभन्दा नजिकको खोप मानिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआईभी संक्रमण रोक्न शतप्रतिशत प्रभावकारी थियो र बुधबार प्रकाशित नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ ।

वर्षमा दुईपटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?

औषधि निर्माता गिलियडले उच्च एचआईभी दर भएका १ सय २० गरिब मुलुक मुख्य रूपमा अफ्रिका, दक्षिणपूर्वी एसिया र क्यारेबियनमा सस्तो जेनेरिक संस्करणहरू बेच्न अनुमति दिने घोषणा गरेको छ ।

तर, कम्पनीले करिब सबै ल्याटिन अमेरिकालाई बाहिर राखेको छ । त्यहाँ दरहरू धेरै कम तर बढ्दो छ । यो विश्वले रोग रोक्नका लागि महŒवपूर्ण अवसर गुमाएको छ भन्ने चिन्ताको विषय भएको छ ।

‘यो अहिलेसम्म हामीसँग भएको कुनै पनि अन्य रोकथाम विधिभन्दा उत्कृष्ट छ, यो अभूतपूर्व छ,’ यूएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने । उनले यस औषधिको विकासका लागि गिलियडलाई श्रेय दिए तर एड्स रोक्ने विश्वको क्षमता जोखिममा रहेका देशहरूमा यसको प्रयोगमा निर्भर रहेको बताए ।

विश्व एड्स दिवसका अवसरमा आइतबार जारी गरिएको प्रतिवेदनमा यूएनएड्सले गत वर्ष एड्सबाट मृत्यु हुने संख्या अनुमानित छ लाख ३० हजार बताएको छ । यो सन् २००४ मा चरम बिन्दुमा पुगेको बेलादेखि सबैभन्दा कम थियो । यसले संसार अब ‘ऐतिहासिक चौबाटो’ मा पुगेको र महामारी अन्त्य गर्ने अवसर रहेको सुझाव दिएको छ ।

लेनाक्यापाभिर नामक औषधि पहिले नै अमेरिका, क्यानाडा, युरोप र अन्य ठाउँहरूमा सनलेन्का ब्रान्ड नाममा एचआईभी संक्रमण उपचारका लागि बिक्री गरिएको छ । कम्पनीले चाँडै नै एचआईभी रोकथामका लागि सनलेन्काको अनुमोदन खोज्ने योजना बनाएको छ ।

कन्डम, दैनिक गोली, योनी रिङ र द्विमासिक इन्जेक्सनजस्ता संक्रमणाबाट जोगाउने अन्य तरिका भए पनि गिलियडको दुईपटक वार्षिक खोप विशेषगरी समलिंगी पुरुष, यौनकर्मी र युवा महिलाहरूलगायत हेरचाह गर्न डराउने सीमान्तकृत मानिसहरूका लागि उपयोगी हुने विशेषज्ञहरूले बताएका छन् ।

‘यी समूहका लागि यो चमत्कार हुनेछ ’cause यसको मतलब उनीहरूले वर्षमा दुईपटक एक क्लिनिकमा मात्र उपस्थित हुनुपर्छ र त्यसपछि उनीहरू संरक्षित हुन्छन्,’ यूएनएड्सका ब्यानिमाले भने ।

पछिल्लो प्रकाशित अध्ययनमा भाग लिने मेक्सिकोको ग्वाडलाजाराका ३२ वर्षीय लुइस रुभालकाबाको यस्तै अवस्था थियो । उनले आफू समलिंगी पुरुषका रूपमा भेदभाव हुने डरले सरकारले उपलब्ध गराएको दैनिक रोकथाम गोलीहरू माग्न डराएको बताए । अध्ययनमा भाग लिएकाले उनले कम्तीमा अर्को एक वर्षसम्म खोपहरू प्राप्त गर्न जारी राख्नुपर्नछ ।

‘ल्याटिन अमेरिकी देशहरूमा अझै पनि धेरै कलंक छ, बिरामीहरू गोली माग्न लजाउँछन्,’ गुआडलाजाराको एक निजी अनुसन्धान केन्द्रमा एक दर्जन अध्ययन स्वयंसेवक भर्ना गर्ने डा. अल्मा मिनर्भा पेरेजले भने ।

देशको स्वास्थ्य सेवा प्रणालीमार्फत मेक्सिकोमा खोपहरू कति व्यापक रूपमा उपलब्ध हुनेछन् भन्ने अझै थाहा हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरूले आफ्ना नागरिकहरूका लागि सनलेन्का किन्ने कुनै पनि योजनामा टिप्पणी गर्न अस्वीकार गरे । एचआईभी रोक्नका लागि दैनिक गोलीहरू सन् २०२१ मा देशको सार्वजनिक स्वास्थ्य प्रणालीमार्फत निःशुल्क उपलब्ध गराइएको थियो ।

‘यदि जेनेरिक प्रयोगको सम्भावना खुलेको छ भने मेक्सिको सामेल हुनसक्छ भन्ने मलाई विश्वास छ,’ पेरेजले भन्नुभयो ।

अनुसन्धानमा भाग लिने मेक्सिकोबाहेक ब्राजिल, पेरु र अर्जेन्टिनालगायत अन्य देश पनि जेनेरिक सम्झौताबाट बाहिरिएको ब्यानिमाले बताए । ‘अब उनीहरूलाई त्यो औषधि अस्वीकार गर्नु अमानवीय हो,’ उनले भने ।

एक बयानमा गिलियडले ‘जहाँ सबैभन्दा बढी आवश्यकता छ, त्यहाँ एचआईभी रोकथाम र उपचार विकल्पहरूमा पहुँच सक्षम गर्न मद्दत गर्ने निरन्तर प्रतिबद्धता’ रहेको बताएको छ । जेनेरिक संस्करणका लागि योग्य १२० मुलुकमध्ये १८ अधिकांश अफ्रिकी देशले विश्वका एचआईभी बोझको ७० प्रतिशत बेहोर्छन् ।

औषधि निर्माताले ‘एचआईभी रोकथामका लागि लेनाक्यापाभिर चाहने वा आवश्यक सबै मानिससम्म पुग्न दु्रत, प्रभावकारी मार्गहरू’ स्थापना गर्न पनि काम गरिरहेको बताएको छ ।

बिहीबार, पेरु, अर्जेन्टिना, इक्वेडर, चिली, ग्वाटेमाला र कोलम्बियाका १५ पैरवी समूहले संक्रमण दर बढ्दै जाँदा नयाँ एचआईभी रोकथाम उपकरणहरूको पहुँचमा ‘चिन्ताजनक’ असमानतालाई उद्धृत गर्दै ल्याटिन अमेरिकामा जेनेरिक सनलेन्का उपलब्ध गराउन आग्रहसहित गिलियडलाई पत्र लेखेका थिए ।

नर्वे, फ्रान्स, स्पेन र अमेरिकालगायत देशहरूले भने सनलेन्काका लागि प्रति वर्ष ४० हजार डलरभन्दा बढी भुक्तानी गरेका छन् । जेनेरिक उत्पादन एकपटक १ करोड मानिसलाई कभर गर्न विस्तार भएपछि प्रतिउपचार ४० डलरभन्दा कममा उत्पादन गर्न सकिने विज्ञहरूले गणना गरेका छन् ।

ड्युक युनिभर्सिटीका ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा. क्रिस बेररले सनलेन्का अफ्रिका र एसियाका सबैभन्दा बढी प्रभावित देशहरूमा उपलब्ध हुनु निकै उपयोगी हुने बताए । तर, उनले समलिंगी पुरुष र ट्रान्सजेन्डर जनसंख्यासहितका समूहहरूमा बढ्दो एचआईभी दरले ल्याटिन अमेरिकामा ‘सार्वजनिक स्वास्थ्य आपत्काल’ बनाएको बताए ।

मेक्सिकोको सन्लेन्का अध्ययनमा रहेकी ३० वर्षीया ट्रान्स महिला र कलाकार हान्या डेनियल टोरेसले सरकारले खोप उपलब्ध गराउने तरिका फेला पार्ने आशा व्यक्त गरेकी छन् । ‘मेक्सिकोमा विश्वका केही धनी व्यक्ति हुन सक्छन् तर यहाँ चरम गरिबी र हिंसामा बाँचिरहेका केही सबैभन्दा कमजोर मानिस पनि छन्,’ उनले भनिन् ।

अर्को औषधि निर्माता भिभ हेल्थकेयरले पनि करिब ९० मुलुकमा आफ्नो एचआईभी रोकथाम खोपको जेनेरिक अनुमति दिँदा ल्याटिन अमेरिकाका अधिकांश मुलुकहरूलाई बाहिर राखेको थियो । एप्रेटुड नामले बेचिएका दुई मासिक खोपहरू एचआईभी रोकथाममा लगभग ८० देखि ९० प्रतिशत प्रभावकारी छन् । मध्यम आय भएका मुलुकहरूमा उनीहरूको लागत वार्षिक १ हजार ५ सय डलर छ । यो अधिकांश मानिसले तिर्न सक्दैनन् ।

एडभोकेसी गु्रप हेल्थ ग्यापकी कार्यकारी निर्देशक एसिया रसेलले हरेक वर्ष विश्वव्यापी रूपमा १० लाखभन्दा बढी नयाँ एचआईभी संक्रमणका साथ स्थापित रोकथाम विधिहरू पर्याप्त नभएको बताइन् । उनले ब्राजिल र मेक्सिकोजस्ता देशलाई ‘अनिवार्य इजाजतपत्र’ जारी गर्न आग्रह गरिन् । यो यस्तो संयन्त्र हो जहाँ देशहरूले स्वास्थ्य संकटमा पेटेन्टहरू निलम्बन गर्छन् ।

केही देशले अघिल्लो एचआईभी उपचारका लागि अँगालेको यो एउटा रणनीति हो । विशेषगरी सन् १९९० को अन्त्य र सन् २००० को दशकको अन्त्यमा जब एड्स औषधिहरू पहिलोपटक पत्ता लगाइएको थियो । हालै कोलम्बियाले यसको औषधि निर्माता भिभको अनुमतिबिना अप्रिलमा प्रमुख एचआईभी उपचार टिभिकेका लागि पहिलोपटक अनिवार्य इजाजतपत्र जारी गरेको थियो ।

दक्षिण अफ्रिकाको क्वाजुलु–नाटाल विश्वविद्यालयका एड्स विशेषज्ञ डा. सलिम अब्दुल करिमले एचआईभी रोकथाममा सनलेन्काजत्तिकै प्रभावकारी देखिने औषधि आफूले कहिल्यै नदेखेको बताए । ‘पहेलीमा हराएको टुक्रा अब हामी यसलाई आवश्यक पर्ने सबैलाई कसरी पु¥याउँछौँ भन्ने हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते