युवा सम्मेलनको ११ बुँदे घोषणापत्र

पोखरा । नेपाल युवा परिषद्द्वारा आयोजित प्रदेश युवा सम्मेलन ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले गण्डकी प्रदेश युवा परिषद गठन गर्ने, गण्डकीका ११ वटै जिल्लाका युवालाई विभिन्न कार्यक्रम संचालन गरी स्वरोजगारमैत्री तालिम प्रदान गर्ने, विभिन्न क्षेत्रका युवालाई हरेक वर्ष सम्मान र प्रोत्साहन गर्नेखालको कार्यक्रम सञ्चालन गर्ने विषयलाई घोषणापत्रमा समेटेको छ ।

यस्तै, घोषणपत्रले गण्डकी प्रदेशलाई आईटी हबरुपमा बिस्तार गर्ने, गण्डकी ट्राभल एण्ड टुरिजम अभियान सञ्चालन गर्ने, प्रदेशका साना तथा मझौला कृषि उत्पादकले उत्पादन गरेका कृषि सामग्री सोझै उत्पादकको हातसम्म पु¥याउन डिजिटल एप्समार्फत कृषक र उपभोक्ताको सञ्जाल जोड्न सरकारलाई पहल गर्ने, युवालक्षित गरी स्टार्टअप माध्यमबाट उद्यमशीलता कार्यक्रममार्फत युवा उद्यमशीलता र व्यक्तित्व विकाससम्बन्धी तालिम सञ्चालन गर्ने, एक पालिका : एक दोभाषे तथा सांकेतिक भाषाको तालिम संचालन गरी प्रदेशका सम्पूर्ण बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सूचना तथा अवसरमा समावेश गराउन र स्वरोजगार बनाउन विभिन्न अपांगता भएका व्यक्तिहरुको क्षमता विकाससँगै समग्र क्षेत्रमा पहुँचको अभिवृद्धि गरी समावेशीकरणमा जोड दिँदै सबै क्षेत्रमा अपांगमैत्री संरचना निर्माण गर्न सरकारलाई ध्यनाकर्षण गनेलगायत विषयमा जोड दिइएको छ ।

नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाका अनुसार सम्मेलनले गण्डकीमा प्लाष्टिक सामग्री प्रयोगमा न्यूनीकणसँगै अव्यस्थित शहरीकरणलाई व्यवस्थापन गर्न अव्यवस्थित रुपमा रहेका बिजुली, टेलिफोन, इन्टरनेटका तार भूमिगत गरी क्लीन एण्ड ग्रिन सिटी अभियान सञ्चालनमा पहल गर्ने, बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा’bout जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने विषय समेटिएको छ ।

पोखरामा दुई दिनसम्म चलेको सम्मेलनको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । समापन गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गरे । सम्मेलनमा गण्डकीका विभिन्न जिल्लाबाट करिब २ सय जना युवाले भाग लिएका थिए ।

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ यसअघि बागमती, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिममा प्रदेश युवा सम्मेलन सम्पन्न भइसकेको नेपाल युवा परिषद्का अध्यक्ष बाँनियाँले जानकारी दिए ।

गण्डकीको सम्मेलन उद्घाटन अवसरमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान गरिएको थियो । सामाजिक तथा आर्थिक रुपान्तरणलगायत अन्य विधामा क्रियाशील उनीहरुलाई उक्त अवार्डद्वारा सम्मान गरिएको छनोट समितिका एक सदस्य पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध