महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द निर्वाचित भएका छन । उनले एक हजार एक सय ७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले जम्मा ४८७ मत प्राप्त गरे । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुशील कुमार भट्टले ३६९ मत प्राप्त गरे ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर खड्का निर्वाचित भएका थिए । गत वर्ष मोटरसाइकल दुर्घटनामा परि उहाँको निधन भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)