रौतहट । रौतहटको राजपुर नपा–६ र इशनाथ–७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने गढीमाइ–८ मा नेकपा समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।
राजपुर ६ मा नेपाली कांग्रेसका उमेदवार समसे आलमले ७ सय ४४ मत ल्याइ वडाध्यक्ष पदमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका उम्मेदवार जिकरुल्लाहले ४ सय ६३ मत पाए । सो वडामा यसअघि कांग्रेसकै उमेदवारले जितेका थिए ।
यस्तै ईशनाथ ७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक बिजयी भएका छन् । उनले ६ सय २७ मत ल्याएका थियो । दोश्रोमा नेकापा एमालेका उमेदवार शेख अनबरले ५ सय ७५ मत ल्याएका थिए ।
यसैगरी गढीमाई नपा–८ मा नेकपा समाजवादीका उमेदवार बिजयी भएका छन् । बजरंगीप्रसाद यादबले ६ सय ५५ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उमेदवार जिउतीदेबी यादबले ६ सय ३१ मत ल्याएकी थिइन ।