३४ स्थानको मत परिणाम सार्वजनिक, को कहाँ निर्वाचित

मतदान केन्द्रमा मतदान गरिँदै सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै मतदाता । गढी–६ मा २४७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा १२ जना उम्मेदवार मैदानमा छन् । तस्बिरः नवीन गड्तौला/रासस

काठमाडौं । हिजो आइतबार ४१ स्थानमा भएको उपनिर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । अब कीर्तिपुरलगायतका अन्य ७ स्थानको परिणाम आउन मात्र बाँकी छ । ३४ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म कांग्रेसले १५ स्थानको वडाध्यक्ष मात्र जितेको छ । एमालेले भने एक–एक अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडामा निर्वाचित भएको छ भने माओवादी केन्द्रले पनि एक–एक अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको छ । एमालेले महाबु गाउँपालिका अध्यक्ष र स्वामिकार्तिक खपार गाउँपालिकाको उपाध्यक्ष र माओवादीले ग्रामथान नगरपालिकाको अध्यक्ष र नलगाड नगरपालिकाको उपाध्यक्षसहित ५ वडामा निर्वाचित भएको छ ।

को कहाँ निर्वाचित भए ?

कांग्रेसले जितेका स्थान
१.बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा
२.हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी
३.मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ
४.भीमदत्त नगरपालिका ६ प्रकाश चन्द
५.ठाकुरबाबा नगरपालिका ४ अमिन थारु
६.गढी गाउँपालिका ६ तेतर साहु
७.रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,
८.ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक
९.सानीभेरी गाउँपालिका ५ मोती राम खत्री
१०.कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन
११.पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
१२.लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
१३.दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर
१४.कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह
१५.राजपुर नगरपालिका ६ मा समसे आलम

नेकपा एमाले जितेका स्थान
१.दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही
२.बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी
३.शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान
४.रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ
५.मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ
६.सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन
७. दुल्लु नगरपालिका-१३ लालबहादुर शाही

माओवादी केन्द्र
१.ककनी गाउँपालिका २ कृष्ण घिमिरे
२.त्रियुगा नगरपालिका १२ नविन कुमार वान्तवा राई
३.धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट
४.गोरखा नगरपालिका ५ बिष्‍णु बहादुर मगर
५.पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु (निर्विरोध यसअघि नै)
६. मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी
७. नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने

जसपा नेपाल
१. डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह
२.डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१.काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी
१.रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव

नेमकिपा
१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही

स्वतन्त्र
१.कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान