काठमाडौं । हरेक २ महिनामा हुँदै आएको ग्र्यान्ड महफिलको सिजन– २ अन्तर्गत १३औं शृंखलामा गजलकारहरुले आफ्ना प्रस्तुति मार्फत दर्शकको मन जितेका छन् । शनिबार अपरान्ह करिब दुई घन्टासम्म चलेको सो गलज महफिलमा एकपछि अर्को गर्दै गजलकार राधा कँडेल, बिटु केसी र राम अविरल बिष्ट आ आफ्ना गजल प्रस्तुत गरेर मँसिरको चिसो माहौललाई तताए ।
‘आज दिल यो चोर्ने जमर्को बढी छ
दोष तिम्रो, मेरो नजरको बढी छ’
पछिल्लो समयकी लोकप्रिय महिला गजलकार राधा कणेलले जब गजलका यी पंक्ति वाचन गरिन् । त्यतिबेला सर्वनाम थिएटरको हल तालीले गुञ्जियो । दर्शकले ‘वाह ! वाह !!’ भन्दै एकपछि अर्को गलज बाचनको लागि उनलाई आग्रह गरे ।
समारोहमा २०० जना भन्दाबढी दर्शक थिए । सुरुमा चिसिएका दर्शक बिस्तारै तात्दै थिए । ती दर्शकको मागलाई मध्यनजर राख्दै राधाले अर्को गजलको यो शेर सुनाइन्,
‘भन्नेहरू त भन्छन् तरबार भन्न लायक
उनको नजर छ यौटा संसार भन्न लायक’
राधाले सो समारोहमा एकपछि अर्को गर्दै ३२ वटा पंक्ति अर्थात् ८ वटा गजल सुनाईन् ।
सो महफिललाई गजलकार तथा अभियन्ता बाबु त्रिपाठीले सहजीकरण गरेका थिए । महफिलमा राधासँगै अन्य २ गजल स्रष्टा बिटु केसी र राम अविरल बिष्टले पनि आफ्ना गलजबाट दर्शकको मन जिते । करिब दुई घन्टासम्म यी तीन गलजकारले पालैपालो आफ्ना गलज प्रस्तुत बाचन गरे ।
‘बाटो काट्यौँ बाटोले आँगन काट्यो
अनि देश काट्ने औंलाले रिबन काट्यो’
गजलकार बिष्टले यस्ता करिब ३ दर्जन शेर सुनाए । उनका शेरमा समसामयिक विषय बढी देखिन्थ्यो । व्यंग्यमा तीव्रता र असन्तुष्टि रहेका शेर निकै सुन्दर थिए ।
यसरी समारोहमा राम अविरल बिष्टसँगै बिटु केसीले पनि आफ्ना चर्चित गजल प्रस्तुत गरे । राधालाई जस्तै बिटु र राम अविरललाई पनि दर्शकले हरेक शेर बाचनमा ‘वाह ! वाह !!’ भन्दै साथ दिएका थिए ।
कार्यक्रममा गजलकार बिटु केसीको प्रस्तुतिमा पनि दर्शकले त्यत्तिकै उत्साहपूर्वक तालीले साथ दिए । उनले आफ्ना गजलका शेर यसरी प्रस्तुत गरेकी थिईन् ।
‘आधा बाटो तय अब आधा हेर्नु छ
जिन्दगी ! तेरो पनि इरादा हेर्नु छ’
समसामयिक, राजनीतिक–सामाजिक विसंगतिमाथि प्रहारसँगै शृंगारका दुवै रस संयोग तथा विप्रलम्भमा लेखिएका बिटुका गजलहरू सुनेर दर्शक थप उत्साहित भएको देखियो ।
समारोहमा महफिलका अभियन्ता बाबु त्रिपाठीले यी जनैजना गलजकारको गजलयात्रा’bout पनि प्रकाश पारेका थिए । लामो समयदेखि गजल सृजनामा रमाईरहेका तीनै जना स्रष्टाले गजल प्रस्तुत गरिरहँदा हलमा देखिएको उत्साहले अब नेपाली गजलले नयाँ मार्ग खोजिरहेको आभास आफुलाई भएको बाबुले बताए,‘पछिल्लो समय एकसा एक गजलसर्जकहरु सृजनामा रमाईरहेका छन् । हामी यसैगरी हरेक सृँखलामा यहाँहरुका प्रिय गजलकारका रचना आगामी दिनमा पनि प्रस्तुत गर्दै जाने छौ ।’ बाबु त्रिपाठीले कार्यक्रमलाई सहजीकरण गर्दै भने ।
सो महफिलमा गजलबाचनसँगै कृतिमाथि बहस पनि भयो । समारोहमा कवि दीप दर्पणको नवीनतम कविता कृति ‘एक्लो पृथ्वी, एक्लो मान्छे’माथि चर्चा परिचर्चा गरिएको थियो । कवि दर्पणले यो कृति आफ्नो समयको प्रतिबिम्ब भएको र आफ्नो कृति कसैको प्रतिस्पर्धी नभएको जिकिर गरे । यस्तै दर्पणको यो कृतिको विशेषता’bout त्रिपाठीले प्रकाश पारे ।