ललितपुर । वडा नम्बर ११ चापागाउँ गोदावरी नगरपालिका अन्तर वडाब्यापी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमबार सम्पन्न पहिलो क्बार्टरफाइनल खेलमा वडा नम्बर ७ देवीचौरलाई ३–० ले हराउँदै चापागाउँले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
चापागाउँ बाइ पाएर तथा देवीचौर वडा नम्बर १२ ठेचोलाई हराएर अन्तिम आठमा पुगेका थिए । अब आउने बिहीबार हुने सेमिफाइनलमा चापागाउँले वडा नम्बर १ गोदामचौर र वडा नम्बर ३ गोदावरीबीचको खेलको विजेतासँग खेल्नेछ ।
चापागाउँको जितमा प्रशान्त देशारले २ तथा अनिल देशारले एक गोल गरे । सोमबारै सम्पन्न पहिलो खेलमा वडा नम्बर १३ झरुवाराशीलाई पेनाल्टि सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै वडा नम्बर १४ ठैव बाँडेगाउँ क्बार्टरफाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेटसम्मको खेलमा दुबैतर्फबाट २–२ गोल भएपछि खेल पेनाल्टिमा गएको थियो । आशिष राई, निगम मर्हजन, कुशल मर्हजन र असिम मर्हजनले ठैव बाँडेगाउँका लागि पेनाल्टिमा गोल गर्दा झरुवाराशीका विपिन खत्री , अनिस तिमल्सीना र नवीन विष्टले मात्र गोल गर्न सके ।
९० मिनेटभित्र ठैवका लागि रजतमान मर्हजन र प्रभात श्रेष्ठ लाखेले एक एक गोल गर्दा पराजित टिमका लागि विपिन खत्री
वडा नम्बर १ गोदामचौर, वडा नम्बर २ विशंखुनारायण र वडा नम्बर ३ गोदावरी विजयी भएका छन् । गोदावरी नगरभित्रका वडाहरुबीच हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ ।
करिब ७ महिनाअघि पनि यही रंगशालाको मैदानमा पहिलो उपत्यकाब्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता संचालन भएको थियो ।