नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

विराटनगर । मोरङ, सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरुबाट सुनका नक्कली गहनाहरु देखाई नगद तथा गरगहनाहरु ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

संखुवासभा पाचखपन नगरपालिका –५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङको एकलाख १० हजार नगद आफन्त भएरै चोरी गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।

उपरीक्षक चिमरियाका अनुसार विराट टिचिङ अस्पतालमा श्रीमतीलाई उपचार गराउन आएका तामाङसँग आफन्त भएको नाता लगाएर उनीहरुले रकम लुटेपछि कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरेर मोरङ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा झापा तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको बंगालस्थित नक्सालवाडीका ५१ वर्षीय नारायण गुरुङ, नक्सलबाडीका ३४ वर्षीय सन्जय शर्मा रहेको प्रहरी उपरीक्षक चिमरियाले बताए ।

चोरी गरेको भन्ने घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट प्रहरी टोली परिचालित भई जिल्ला सुनसरी इटहरी स्थित विभिन्न स्थानबाट सुनका नक्कली विस्कुट, गरगहना तथा सक्कली गरगहना र नेपाली नगद २,७२,४३० भारतिय रुपैया २,६३० रकम सहित ६ जना अभियुक्तहरु पक्राउ गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झलनाथको निर्वाचन क्षेत्रमा एमालेका थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित