महाभोजमा दयाहाङ, आर्यन र खगेन्द्र

काठमाडौं । चलचित्र ‘पुजार सार्की’ सफलतापछि यसका निर्देशक दिनेश राउतले नयाँ चलचित्र ‘महाभोज’को निर्माण एवम् निर्देशन घोषणा गरेका छन् । यो उनको निर्देशनमा निर्माण हुने आठौं चलचित्र हुनेछ । सोमबार उनले महाभोजको निर्माण घोषणासहित कलाकारको सूची पनि सार्वजनिक गरेका छन् ।

यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता कलाकारहरू अनुबन्धित भएका छन् ।

यो चलचित्रलाई हिमाल कडरियाले निर्माण गर्ने भएका छन् । यस अघि नांगो गाउँ र दुःखी आत्मा सहित दुई चलचित्र निर्माण गरेका कडरियाले यो तेश्रो चलचित्र बनाउने घोषणा गरेका छन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमको सहकार्य रहने छ । निर्देशक दिनेश पनि चलचित्रको निर्मातामा रहने छन् ।

आगामी १ माघदेखि छायांकन सुरु हुने यो चलचित्रको अर्को साताबाटै अभिनय कार्यशालाको थालनी गरिने भएको छ । यो चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । चलचित्रको वितरण आर.आर. फिल्मसले गर्नेछ ।

निर्देशक राउतले महाभोज सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन्,‘आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौँ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !