दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’

काठमाडौं । प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतीक्षित कन्सर्टमा मुख्य प्रायोजन गर्ने भएको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आगामी १० पुसमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।

नेपाली टच इभेन्ट्सले हायात ग्राउन्डमा आयोजना गर्न लागेको यस कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दीप क्षेत्री पनि थिए । कार्यक्रममा एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविष्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली श्रोतामाझ लिजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए । यसैगरी, नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक गोस्वामीले दिपलसँगको पार्टनरसिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी