खेलकुद पूर्वाधारमा पूर्ण सहयोग: खेलकुद मन्त्री

पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं खेलकुद मन्त्री चौधरीसँग बुधबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रचार विभागद्वारा आयोजित कार्यकर्ता भेटघाटमा सो कुरा बताएका हुन् ।

उनले भने, ‘पोखरामा खेलप्रेमीको उत्साह पनि त्यत्तिकै देखिन्छ, तसर्थ पोखरालाई खेलकुदको माध्यमबाट विकास गर्ने खेलकुद मन्त्रालयले पूर्वाधार विकासलगायतका काममा ध्यान दिनेछ ।’

मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको जानकारी दिए । उनले युवालक्षित कार्यक्रम सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पारे । युवालाई ऋण सहयोग गरि स्वरोजगार बनाउने र रोजगारीसमेत सिर्जना गर्न विभिन्न कार्यक्रम अगाडि सारिएको जानकारी उनले दिए ।

अधिकतम् युवा लाभान्वित हुने गरी नेपाल स्काउटमार्फत प्रत्येक पालिकामा विभिन्न तालिम संचालन गरेर युवाहरूको क्षमता अभिबृद्धि गर्ने तर्फ मन्त्रालयले पहल गरिरहेको बताए ।

हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको बताउँदै उनले सबै एकजुट भएर पार्टी संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा जसले टिकट पाए पनि उसलाई सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्न सके नेपाली कांग्रेस कमजोर नहुने उनको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विभागका सदस्य पदम श्रेष्ठले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापाकाे गाैरीगञ्जमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित