बुलु मुकारुङ, कुमार बस्नेत र शिवशंकरलाई नारायण गोपाल स्मृति सम्मान

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवसका अबसरमा श्रष्टाहरुले उनकै गीत संगीत मार्फत सम्झिएका छन् । नारायण गोपाल संगीत कोषद्धारा आयोजित ‘सम्झनामा नारायण गोपाल’ तथा ‘नारायण गोपाल स्मृति सम्मान २०८१’मा संगीतकर्मीले नारायण गोपालकै गीतमार्फत उनलाई सम्झिए ।

नारायण गोपालको ३४ औं स्मृति दिवस

१९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । यही स्मृति दिवसमा हरेक वर्ष कोषले यस वर्ष पनि बुधबार स्मृति दिवस मनाएको हो ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित सो समारोहमा ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ बाट तीन जना संगीतकर्मीलाई सम्मानित गरियो । जनही ५१ हजार रुपैयाँ सहित ताम्रपत्रबाट संगीततर्फ अग्रज संगीतकार बुलु मुकारुङ, गायनतर्फ अग्रज गायक कुमार बस्नेत र गीत रचनातर्फ अग्रज गीतकार शिवशंकर थापालाई सम्मानित गरियो ।

‘नारायण गोपालसँग समेत सामिप्य रहेका यी श्रष्टाहरुले नेपाली गीत संगीतको विकाशमा पु¥याएको योगदानको कदरस्वरुप यो सम्मान प्रदान गरिएको हो ।’ नारायण गोपाल संगीत कोषका अध्यक्ष दीपक केसीले कार्यक्रममा बताए । नेपाली गीत संगीतको विकासमा स्वर सम्राट नारायण गोपालको योगदान’bout पनि केसीले प्रकाश पारे । काठमाडौंको धुम्वाराहीमा बहुउदेश्यसहित नारायण गोपाल संगीत कोषको आफ्नो भवन निर्माण भईरहेको पनि केसीले जानकारी गराए ।

कार्यक्रममा नारायण गोपालका कान्छा भाई लक्ष्मण गोपाल गुरुवाचार्यले स्वागत मन्तव्य राख्दै आफ्नो दाजुको स्मृतिमा भाव्य कार्यक्रम गरेको भन्दै आयोजकलाई धन्यबाद दिए । दाजुसँग आफुले विताएका पलहरु र संगीत सृजनामा दाजुको योगदानको पनि उनले कार्यक्रममा स्मरण गरे ।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालबाट नारायण गोपालले गायन यात्रा अघि बढाएको भन्दै उनको सांगीतमा योगदान’bout आफ्नो भनाई राखे ।

सोही क्रममा नारायण गोपालको ’boutमा बनाईएको छोटो बृत्तचित्र पनि प्रस्तुत गरियो । नारायण गोपाल संगीत पाठशालामा भ्वायोलियन सिकेका विधार्थीहरु सहित सुरुमा आर्केष्ट्र समुहले स्वरसम्राटका विभिन्न गीतहरुको संगीतिक धुन प्रस्तुत गरेर उनलाई सम्झिए ।

कार्यक्रमको दोश्रो सत्र संगीतमय बन्यो । नारायण गोपालद्धारा संगीततथा स्वरवद्ध डेढ दर्जन गीतहरु दोश्रो सत्रमा विभिन्न गायक गायिकाले प्रस्तुत गरे ।

सांगीतमय बनेको दोश्रो सत्रमा नारायण गोपाललाई सम्झने क्रममा उनीद्धारा स्वरवद्ध गीत सबैलाई सुख होस…विभिन्न कलाकारले सामुहिक रुपमा प्रस्तुत गरे । यसपछि मञ्चमा उत्रिएका दीव्यकुमार सिटौलाले स्वर सम्राटको अर्को गीत मलाई छोडी मेरै छायाँ…सुनाए । लगत्तै साजन लामाले स्वर सम्राटको गीत यति चोखो यति मिठो….र राजेन्द्र श्रेष्ठले नारायण गोपालको गीत गल्ती हजार हुन्छन… गाएर दर्शकको मन जिते ।

विभिन्न बाद्यबादकले सांगीतिक साँझमा गायक गायिकाहरुलाई प्रत्यक्ष बाद्यबादनमार्फत साथ दिएका थिए । सोही क्रममा तिमीलाई म के भनौं… गाउँदै गायक नविन कुमार क्षत्रीले स्वर सम्राटलाई सम्झिए । लगत्तै मञ्चमा उत्रिएका इन्जिनियर गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले स्वर सम्राटकै सम्झनामा उनको गीत ए कान्छा ठट्टैमा यो जोवन…गीत सुनाए । कयो गीतमा उनीहरुलाई दर्शकले तालीले साथ दिएका थिए । यस्तै शीरको टोपी भुईमा… गीत प्रस्तुत सहित युवराज पोर्तेलले र लौन सुन म भन्छु…गीत गाउँदै सन्देश पौडेलले स्वर सम्राटको स्मरण गरे ।

चार खण्डमा वितरित सांगीतिक कार्यक्रमको तेश्रो खण्डमा सम्भवजंगम थापा र संगीता तिमिल्सिनाले मेरो जोवन लौजाउ…, रामकृष्ण ढकालले तिमीलाई भुल्दा…, छिरिङ भुटियाले मन्दिरमा छकी मूर्तिमा माया…र दीपक स्वप्निल श्रेष्ठले आँखा छोपी नरोऊ भनी….गीत प्रस्तुत गरे ।

समारोहमा अन्तिम चरणमा स्वर सम्राटका पाँच वटा गीतहरु सुनाईयो । जसमा एमाले नेता रामबीर मानन्धर र अञ्जली हमालले मैले गाएको गीत…, भिषण मुकारुङले संगाल घुम्टोहरु…, मौसम खरेलले सेरो र फेरो मेरो…, बेनुप क्षत्रीले मेरो बेहोसी आज… र अन्तिममा उत्सब नेपालले वीरताको चिनो…गीत प्रस्तुत गर्दै सम्झनामा नारायण गोपाल सांगीतिक साँझको बिट मरे । समारोहमा सुरु देखि अन्तिमसम्म पनि हलको प्रेक्षालयमा नारायण गोपालका गीतहरु सुन्न आएका दर्शकहरुको निक्कै राम्रो उपस्थिति थियो । नेपाल सांगीतिक संघ, गीतकार संघ नेपालको सहआयोजना र सार्वजनिक सेवा प्रशारण रेडियो नेपालको सहकार्यमा यो स्मृति दिवस मनाईको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने