लकडाउनमै गीतकार ताराले ल्याइन् ‘ए हावा…’

काठमाडौं । मुलुकमा लकडाउन जारी रहेका बेला घरमा बसेका दर्शकका लागि भन्दै गीतकार तारा अधिकारीले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । उनले आफ्नो नयाँ गीत ‘ए हावा…’को भिडियो युट्युब च्यालन सुनौला ताराबाट सार्वजनिक गरेकी हुन् ।

यो गीतमा दीपक जंगमको संगीत रहेको छ । ताराले लेखेको यो गीतलाई गायक स्वरूपराज आचार्यले गाएका हुन् । गीतका किरण कँडेलको संगीत संयोजन गरेका छन् । यो गीतलाई आफंैले हालै रिलिज गरिएको गीतिसंग्रह सुनौलो तारामा समावेश गरेको गीतकार तारा अधिकारीले बताएकी छन् । उनले सो गीतिसंग्रह गत ५ चैतमा रिलिज गरेकी थिइन् ।

‘लकडाउनका समयमा श्रोतालाई नयाँ स्वाद होस् भन्ने उद्देश्यले मैले यो गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हुँ ।’ यो गीतको भव्य म्युजिक भिडियो नै गर्ने योजना भए पनि लकडाउन लम्बिँदै गएपछि हामीले लिरिकल भिडियोका रूपमा यो गीतलाई ल्याएका हौं,’ गीतकार ताराले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार