कार्टुन चित्रमा वेदना र पीडा

काठमाडौं । कार्टुन चित्र प्राय हाँस्य र व्यंग्यमाथि बनाईन्छ । काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरको प्रांगनमा गत मंगलबारबाट जारी कार्टुन चित्र प्रदर्शनमा राखिएका कलाले व्यंग्य भन्दा पीडालाई दर्शाउँछ । यसपटक विभिन्न कार्टुन कलाकारहरुले कार्टुनमा व्यंग्य भन्दा पीडा र वेदना प्रस्तुत गरेका छन् ।

अपांगता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जाल (एनएनडिसभी)ले यो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा राखिएका कार्टुन चित्रमा राज्यपक्षदेखि समाजलाई समेत व्यंग्य गरिएको छ । केही बाहेक बाँकी सबैजसो कार्टुन चित्रमा पीडा देख्न पाईन्छ ।

प्रदर्शित कार्टुन मध्य कार्टुनिष्ट रबी मानन्धरले द्धन्द्ध पीडित स्वत्रन्त नागरिक र राजनीतिज्ञ वीचको सम्वादलाई कार्टुनमा उतारेका छन् । उनको कार्टुमा यस्तो लेखिएको छ,‘न सेनातिरको, न विद्रोहीतिरको कसरी दुख्छ द्वन्द्वको घाउ ?’

यस्तै अर्का कार्टुनिष्ट भानु भट्टराईले तयार गरेको कार्टुन चित्रमा अपांगता भएका नागरिकले ह्विलचेयरमा बसेर राहत माग्दा नेताहरुले सोधेको प्रश्नलाई यसरी उतारिएको छ,‘पहिचान र राहत चाहियो रे, कुन पार्टीको सदस्य हो र ?’ कार्टुनमा तीन पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाललाई सम्बाद गर्दै गरेको अबस्थामा उतारिएको छ ।

यस्तै अक्रिन अधिकारीले तयार गरेको कार्टुन चित्र पनि प्रभावशाली छ । यसमा मन्त्रीसामु ह्विल चेयरमा बसेर आफ्नो अधिकार मागेका द्धन्द्ध पीडितलाई मन्त्रीले बोलेको सम्बाद यसरी प्रस्तुत गरिएको छ,‘देख्ने एउटा आँखा, हिड्ने एउटा खुट्टा र सुन्ने एउटा कान छ त । के को द्वन्द्व पीडित ?’

यस्तै उमेशचन्द्र अधिकारीले तयार गरेको कार्टुनचित्रमा भने व्यंग्यलाई प्रथापिमता दिईएको छ । यसमा अपांगता भएकाहरुलाई आएको सहयोगको पोको बोकेर मन्त्री मागेको दृष्य देखाईएको छ । ती मन्त्रीको पछि पछि अपांगता भएका एक पुरुष र एक महिला दौडिएको देखाईएको छ ।

यस्ता डेढ दर्जन कार्टुनचित्रहरु यो प्रदर्शनमा राखिएको छ । त्यहाँ कार्टुन आर्टिष्टहरु अविन श्रेष्ठ, अक्रिन अधिकारी, अनुप गुरुङ, अर्पिता शाक्य, केशवराज खनाल, बासु क्षितिज, विश्व थापा, पल्पसा मानन्धर, भानु भट्टराई, महेश बस्ताकोटी, रविन्द्र मानन्धर, सानु राज डँगोल, रबी मिश्र, उमेशचन्द्र अधिकारीले तयार गरेका कार्टुन चित्रहरु देख्न पाईन्छ ।

कार्टुन कलाकार बासु क्षितिजको भनाईमा अपांगता भएकाहरुको समस्या र पीडालाई कार्टुन चित्रमा उतार्नु पर्ने प्रस्ताव सुरु मै गम्भिर थियो । सो गम्भिरतालाई मध्यनजर राखेर आफुहरुले सोही अनुसारको कार्टुन चित्र तयार गरेको उनले बताएका छन् ।

यो कार्टुन चित्र प्रदर्शनीका संयोजक रबी मिश्रले आफुहरुलाई दिईएको छोटो अवधिमा पनि कार्टुन चित्र तयार गरेको बताए । ‘हामीले सुरुमा उहाँहरुका कथा र समस्या सुन्यौ, उहाँहरुको पीडालाई नजिकबाट बुझ्यौं । त्यसपछि त्यसलाई कार्टुन कलामा उतारेका हौं ।’ रबीले भने ।

यो कार्टुन चित्र प्रदर्शनी हेर्न पुगेका अधिकांस अपांगता भएकाहरु त्यहाँका कार्टुन देखेर भावुक हुने गरेका छन् । बैशाखी टेकेर सो चित्रकला अबलोकन गर्न पुगेका मनोज कार्कीले भने,‘कार्टुन चित्रमा हाम्रा पीडा देखेर यसपटक मन छोयो । हाम्रालागि कलामार्फत आवाज उठाईदिनु भएकोमा चित्रकाहरुलाई धन्यबाद ज्ञापन गर्दछु ।’

३३ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा यो कार्टुन चित्रकला प्रदर्शनीमा राखिएको हो । सो प्रदर्शनीको आयोजक अपांगता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले सो प्रदर्शन’bout भने,‘हामीले अनुरोध गरेको छोटो समयमै कार्टुन चित्रकारहरुले हाम्रो पीडालाई ससक्त रुपमा कार्टुन चित्रमा उतार्नु भएको छ । यी कार्टुन चित्रमा हाम्रो पीडालाई साँच्चै नजिकबाट उतारिएको मैले पाएँ ।’

अपांगता भएकाहरुको ’bout सपांग कलाकारहरुले बनाएको यी कार्टुन चित्रमा आफुहरुको पीडा गरिएको रुपमा समेटिएको पनि खत्रीले बताए । काठमाडौंमा प्रदर्शन भईरहेको यो कार्टुन चित्रलाई मुलुकका विभिन्न ठाउँमा प्रदर्शन गरिने लक्ष्य रहेको पनि खत्रीले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बूढीगंगा मतगणना अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता