राजविराज । अघिल्लो दिन पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका बेला पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिवार्चित वडाअध्यक्ष धीरेन्द्रकुमार साहको अपराध ’bout प्रहरीले शुक्रवार सम्पुर्ण विवरण सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार ३ वर्ष अघि भएको सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान घटनामा उनको समेत संलग्नता रहेको भन्दै प्रहरीमा परेको उजुरी र अदालतको परमादेशको आधारमा नवनिर्वाचित वडाअध्यक्ष साहलाई पक्राउ गरिएको हो ।
यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए । अघिल्लो दिन विहीवार पदभार ग्रहण कार्यक्रममा सरिक हुन पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले साह उपर अपहरण तथा शरिर बन्धक, जबरजस्ती करणी, र कर्तब्य ज्यान मुदामा अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।
अघिल्लो दिन साँझ पक्राउ परेका साहलाई लगातार सार्वजनिक विदा परेकाले सोमवार मात्र म्याद थपका लागी अदालतमा उपस्थित गराईने उनको भनाई छ । प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादी माथी सोही वडाकी १९ वर्षिया युवतीको २०७९ साल साउन १७ गते अपहरण तथा शरिर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे आरोप छ ।
यसरी युवतीलाई अपहरण, बलात्कार र कर्तब्य ज्यान लगायतका अपराध गरेको भन्दै साह सहितका ब्यक्तीहरु विरुद्ध २०७९ साल साउन १९ गते पिडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसपछी उनी फरार भएका थिए । यस’bout २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट समेत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको र २०८० चैत्र उच्च अदालत जनकपुर–राजविराज इजलाशबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ ।
यस्तै २०८१ साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुदा दर्ता भएको थियो । त्यस पश्चात २०८१ साउन १५ गते साह सहित प्रतिवादी विरुद्ध प्रक्राउपुर्जी प्राप्त भएपछी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आँकलन गर्दै साह उम्मेदारी मनोनयनका दिन आफु उपस्थित न भई वारेस मार्फत मनोनयन पत्र दर्ता गराएका थिए ।
यसअघि वडाअध्यक्ष पदमा उक्त वडाबाट निर्वाचित भएका नेपाली काँग्रेसका प्रितमलाल चौधरीको निधन भएका कारण उपनिर्वाचन भएको थियो । तर नवनिर्वाचित वडाअध्यक्ष संगिन अपराधमा प्रक्राउ परे पछी एक पल्ट फेरी उक्त वडा अहिले जनप्रतिनिधी विहिन बन्न पुगेको छ ।