राष्ट्रपतिदेखि सभामुखसम्मलाई बाँसको कुर्सी उपहार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको प्राङ्गणमा बाँसबाट निर्माण गरिएको स्तनपान कक्ष

खोटाङ । स्थानीय उत्पादन र वातावरण संरक्षणमा जोड दिने उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले देशका उच्च पदस्थ पदाधिकारीहरूलाई स्थानीय स्तरमा निर्मित बाँसको कुर्सी उपहार दिने भएको छ ।

आगामी फागुन १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ को अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान विशेष बाँसको कुर्सी प्रदान गरिने कार्यक्रम रहेको छ । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार स्थानीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने र सरकारी नीतिको कार्यान्वयनमा टेवा पु¥याउने उद्देश्यकासाथ बाँसको कुर्सी उपहार प्रदान गर्ने सृजनात्मक शैली अपनाईएको हो ।

कार्यपालिका बैठकले यससम्बन्धी निर्णय गरिसकेको र सम्बन्धित उच्च पदाधिकारीहरूलाई जानकारी पत्रसमेत पठाइसकिएको उहाँले जानकारी दिए । वडा नं. ६ नेर्पामा मंसिर २८ गतेदेखि कुर्सी बनाउने योजना रहेको छ । प्रत्येक वडाबाट १५ जना बाँस विशेषज्ञहरू छनोट गरी उनीहरूमार्फत उच्च गुणस्तरको कुर्सी निर्माण गरिने मेयर भट्टराईले बताए । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले बाँसको दिगो उपयोग, उद्यमशीलता विकास र पर्यावरण संरक्षणमा योगदान पु¥याउने नगर उपप्रमुख विशन राईले बताए ।

नगरपालिका क्षेत्रभित्रमा १३ किसिमका बाँस पाइने र यसको प्रयोग पशुपालन, घरेलु सामग्री निर्माण तथा सांस्कृतिक कार्यमा हुँदै आएको छ । नगरप्रमुख र उपप्रमुखले समेत आफ्नो कार्यालयमा स्थानीय स्तरमा उत्पादित बाँसका फर्निचर प्रयोग गरी उदाहरणीय नेतृत्व प्रदर्शन गरेका छन् । मूलतः गत कात्तिकमा आयोजना गर्न लागिएको यो सम्मेलन भीषण वर्षा र बाढीपहिरोका कारण स्थगित भई आगामी फागुनमा हुन लागेको हो । राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईको पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

बाँसका सामाग्रीले सजिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईको कार्यकक्ष ।
तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो