धनगढी । कैलालीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपालका केन्द्रीय उपाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका ९ घर भएका ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएका हुन् । उनको शव बिहीबार राति १२ बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भुसालको शव घोडाघोडी नगरपालिका १० पहलमानपुर बजारबाट करिब एक किलोमिटर पूर्व–पश्चिम राजमार्गको पश्चिममा फेला परेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।
उपाध्यक्ष भुसाल गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल पनि हुन् । उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।
उनी पहलमानपुरबाट साइकलमा घरतर्फ गएको बुझिएको छ । शव भेटिएको नजिकै उनको साइकल पनि फेला परेको घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए ।
डीएसपी बस्नेतले घटनापश्चात् दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको बताए । नियन्त्रणमा लिएकाहरु भुसालसँगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालक रहेका छन् ।
एन प्याव्ब्सन कैलालीका अध्यक्ष उपेन्द्र अवस्थीले भुसालको मृत्युले शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै घटना रहस्यमय भएकोले सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका छन् । त्यस्तै स्थानीयबासीले पनि भुसालको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
घटना’bout थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष मृत फेला
- Roshan Shrestha
- २०७७ बैशाख १२ गते ११:०७
- २०७७ बैशाख १२ गते ११:०७
Ads Space Available
यो महिनको ट्रेन्डिङ समाचार
अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी
आजको १० समाचार
- आफ्नो आयु आफैं पटकपटक किन तोक्छन् प्रधानमन्त्री ओली ?
- मानवअधिकार टोलीसँग रविको गुनासो– ‘अपहरण शैलीमा ल्याइयो’
- किन पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष ?
- वाइडबडी भ्रष्टाचार प्रकरण: अख्तियार प्रमुख राईमाथि…
- मरेको घोडालाई चाबुक लगाएर उठाउन सकिन्छ ?
- हायसले ठक्कर दिँदा घटनास्थलमा मृत्यु
- राष्ट्रपतिदेखि सभामुखसम्मलाई बाँसको कुर्सी उपहार
- रारामा पहिलो पटक देखिए कालो रङ्गको चितुवा र लोखर्के
- झापा किन पुगे प्रधानमन्त्री ओली
- सिरियाका राष्ट्रपति असदले देश छाडेर रुसमा शरण लिन…