बैंकिङ प्रणालीमा अधिक तरलता यथावत

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक रूपमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार पनि ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको छ ।

बैंकिङ प्रणालीमा अधिक रूपमा लगानीयोग्य रकम थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सरकारको ट्रेजरी बिल र ऋणपत्रमा पनि अधिक लगानी गर्न थालेका छन् । बजारमा कर्जाको माग घट्न थालेसँगै सीडी रेसियो ८० प्रतिशत पनि पु-याउन नसकेपछि बैंकहरू लगानीको खोजीमा छन् । अहिले बैंकहरूमा ७ खर्ब रुपैयाँभन्दा बढीको अधिक तरलता रहेको छ ।

अधिक तरलता भएसँगै विकास ऋणपत्र र ट्रेजरी बिलका लागि बैंक तथा वित्तीय संस्थाले दिने आवेदन ह्वातै बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बंैकिङ प्रणालीमा तलरता अधिक भएरै कार्यालयले निष्कासन गरेभन्दा तीनगुणा धेरैले आवेदन पर्ने गरेको जनाएको छ ।

ट्रेजरी बिल र ऋणपत्रमा अधिक आवेदन

बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गत १२ मंसिरमा १ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो । जसमा बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ६७ करोड रुपैयाँको आवेदन दिएका थिए । तीनवर्षे सो ऋणपत्रका लागि ३ दशमलव ७ प्रतिशत ब्याजदर तोकेको थियो । ऋणपत्रका लागि १९ वटा वित्तीय संस्थाले ६६ वटा आवेदन दिएका थिए ।

राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तान्ने सूचना निकालेकामा अधिक आवेदन परेको जनाएको छ । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पैसा खिच्ने गर्छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गरेका थिए ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको थियो । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिएका थिए ।

यो २१ दिने निक्षेप संकलन उपकरणको १४ पुसमा साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि सो रकम झिकेको हो । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले ३ प्रतिशत ब्याज दिएर ७० अर्ब तानेको हो ।

अन्तरबैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६ दशमलव ५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्ने प्रावधान रहेको छ ।

यसअघि १९ मंसिरमा राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भने आन्तरिक ऋण उठाउनका लागि विकासपत्र ऋण जारी गर्ने गर्छ । सो कार्यालयले चालू आर्थिक वर्ष २०८१–८२ मा ११ पटकसम्म विकास ऋणपत्र जारी गरेको छ ।

हालसम्म निष्कासन गरेको विकास ऋणपत्रमा प्रतिस्पर्धी आधारमा ३ खर्ब १७ अर्ब ४६ करोड रुपैयाँबराबरको आवेदन परेको जनाएको छ । प्रतिस्पर्धीअन्तर्गत बैंक तथा वित्तीय संस्थाले रकम र ब्याजदरमा प्रतिस्पर्धा गर्छन् । त्यस्तै, अप्रतिस्पर्धीमा ४ अर्ब ९१ करोड रुपैयाँको आवेदन परेको थियो । ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धीमा आवेदन दिन सकिन्छ । ८५ प्रतिशत प्रतिस्पर्धीका लागि छुट्याइएको हुन्छ भने १५ प्रतिशत अप्रतिस्पर्धीका लागि छुट्याइएको हुन्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २९ कात्तिकमा पनि १ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो । जसका लागि बंैक तथा वित्तीय संस्थाले ३२ अर्ब ७० करोड रुपैयाँबराबरको आवेदन दिएका थिए । ६ वर्षे सो ऋणपत्रका लागि ४ दशमलव १८ प्रतिशत ब्याजदर तोकेको थियो । ऋणपत्रका लागि १९ वटा संस्थाले ६४ वटा आवेदन दिएका थिए ।

यसैगरी, ७ कात्तिकमा ९ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेकामा २८ अर्ब ७५ करोड रुपैयाँबराबरको आवेदन परेको थियो । नौवर्षे सो ऋणपत्रका लागि ४ दशमलव ३४ प्रतिशत ब्याजदर तोकेको थियो । सो ऋणपत्रका लागि १८ वटा संस्थाले ६९ वटा आवेदन दिएका थिए ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउनदेखि हालसम्ममा ६२ पटक ऋणपत्र निष्कासन गरिसकेको छ । प्रत्येकपटक निष्कासन गरिएभन्दा बढी आवेदन पर्ने गरेको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई