Friday, September 24, 2021
Your Ads Here
Homeअर्थहोटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

,
sharethis

काठमाडौं । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ ।

हानको अध्ययन अनुसार कोभिडको प्रभावले उद्योग नै धरासायी अवस्थामा पुग्ने अवस्था सिर्जना हुनसक्ने खतरा औँल्याउँदै तत्काल विशेष नीति अख्तियार गर्न सरकारसमक्ष अनुरोध गरेको छ । “कोभिड‐१९ को महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति ऐक्यबद्धता व्यक्त गर्दै विषम स्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न अनुरोध गर्दछौँ”, हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हानले उद्योग पूर्णरूपमा पुनःस्थापना नभएसम्म जनशक्ति व्यवस्थापन, बैंकको ऋण, घरभाडा व्यवस्थापन, विद्युत् महसुल, स्थानीय सरकारको सम्पत्ति करलगायतको उचित व्यवस्थापनलाई मध्यनजर गर्दै नीति निर्माण गर्न पनि अनुरोध गरेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

श्रम ऐन र नियमभन्दा ‘बाँच्ने र बचाउने’ मूल नारा लिएर विशेष नीति ल्याउन सरकारलाई अनुरोध गरिएको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा होटल उद्योगबाट हुँदै आएको कूल आम्दानी १० प्रतिशतभन्दा कम हुने आँकलन गर्दै हानले होटल उद्योगले यो वर्ष खर्च धान्नै नसक्ने जनाएको छ ।

होटल उद्योगले अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिवृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय रहेको स्मरण गर्दै हानले अर्बौको लागानीमार्फत लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा बहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको छिटो विश्लेषण गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

आजको समाचार

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

साताका लोकप्रिय समाचार

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

ट्रेन्डिङ

अनावश्यक विभाग र निकाय राखिँदा राज्यकोषको अर्बौं रकम स्वाहा

काठमाडौं । संघीय सरकार मातहत रहेका ५६ वटा विभागमध्ये झन्डै २० विभाग अनावश्यक देखिएका छन् । कोरोनासँग जुध्न मितव्ययी बन्ने र फजुल खर्च कटौती...

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)