प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातिनी स्मिता दाहाललाई वैवाहिक जीवनको शभकामना सन्देश पठाएका छन् । यो शुभकामना सन्देश आमा अर्थात् प्रचण्डकी कान्छी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’

स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन