दुःखी आत्मामा श्रवण मुकारुङका १० कविता

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ चलचित्र ‘दुखी आत्मा’लाई आगामी २ फागुनमा रिलिजगर्ने भएका छन् । प्रणय दिवसको अवसर पारेर आफुले यो चलचित्र सार्वजनिक गर्न लागेको निर्देशक लामाले बताएका छन् ।

छायांकनपछि यतिबेला यो चलचित्रको प्रोस्ट प्रोडक्सनको काम भईरहेको छ । यसै क्रममा यो चलचित्रमा १० वटा कविता पनि राखिने भएको छ । यो चलचित्रमा कवि श्रवण मुकारुङका कविता अब दर्शकले सुन्न पाउने पनि निर्देशक लामाले जानकारी गराएका छन् । जसका लागि कवि मुकारुङले बिभिन्न शीर्षकका १० वटा कविता समेत लेखेका छन् ।

‘चलचित्रको कथाले कविताको माग गरेका छ । कथाको विभिन्न आरोह अवरोहहरुले कविता माग गरेका कारण उहाँका १० वटा कविता हामीले यो चलचित्रमा समेट्ने भएको छौं ।’ निर्देशक लामाले राजधानीसँग भने ।

चलचित्रको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रष्ट्याए । मुकारुङका कविताहरुले आफ्नो फिल्मको पात्र र परिबेशलाई न्याय मिलेको दावी निर्देशक लामा गर्दछन । मुकारुङका अधिकांश कविता यो चलचित्रका मुख्यपात्र दयाहाङ राईसँग सम्बद्ध रहने पनि उनले बताएका छन् ।

माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो जस्ता थुप्रै गीतका रचनाकार मुकारुङले दुखी आत्माको लागि १० वटा कविता रचना गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनले भने,‘म आफ्ना कवितालाई फरक प्लेटफर्म अर्थात चलचित्रमा हेर्न आतुर छु ।’

चलचित्रमा कविताको प्रयोग’bout निर्देशक दीपेन्द्र लामाले भने, ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’

यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा रहेको छ । चलचित्रको छायांकारमा आलोक शुक्ला छन् । यो चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । हिमाल कडरियाको निर्माण रहेको यो चलचित्रका कार्यकारी निर्माता सुदिप ढकाल हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कसम खाएर उम्मेदवारी घोषणा