सोल्टिनीमा पनि जातीय विभेद बिरुद्ध प्रकाश सपुत

काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीको सफलतापछि गायक तथा अभिनेता प्रकाश सपुतलाई भ्याई नभ्याई छ । यतिबेला आफ्नै व्यानरमा निर्माण भईरहेको चलचित्र ‘बसन्त’को निर्माणमा प्रकाश व्यस्त छन् । यसैबीच उनी अरु तीनवटा चलचित्रमा आवद्ध भईसकेका छन् ।

जसमध्य उनको अर्को चलचित्र ‘सोल्टिनी’को निर्माण घोषणा गरिएको छ । चलचित्र बसन्तको छायाँकन सम्पन्न गर्न लागेको प्रकाश अव दुई सातापछिबाट चलचित्र सोल्टिनीको छायांकनमा जोडिने भएका छन् । यो चलचित्र १० पुषबाट छायांकन सुरु गरिने भएको छ ।

चलचित्र रङ्गेली निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र सोल्टिनीको मंगलबार निर्माण घोषणा गरेका छन् । यो चलचित्र शिर्षक भिडियो सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।

अभिनेता प्रकाश सपुतले अहिले निर्माण गरेको चलचित्र बसन्त जातीय विभेदको कथामा रहेको छ । यस्तै अब बन्ने चलचित्र सोल्टिनी पनि जातीय विभेदको कथामा रहेको यसका निर्देशकले बताएका छन् । लामो समयदेखि जातीय विभेदका बिरुद्ध आवाज उठाईरहेका कारण पनि सोल्टिनीमा प्रकाश सपुतलाई नै अनुबन्धित गरिएको पनि निर्देशक अर्जुनको भनाई छ ।

चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । भोजपुरबाट यो चलचित्रको छायांकन सुरु गरिने निर्देशक अर्जुनले बताएका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रको अहिले अभिनय कार्यशाला चलिरहेको छ । चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको ३ असोज संविधान दिवसको दिनलाई तोकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

उद्योग बाणिज्य संघद्वारा सप्तरीका सञ्चारकर्मी सम्मानित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित