Sunday, May 9, 2021
Home विदेश भारतमा काेराेनाबाट संक्रमितको संख्या २३ हजार नाघ्यो

भारतमा काेराेनाबाट संक्रमितको संख्या २३ हजार नाघ्यो

मृत्यु हुनेकाे संख्या ७१४

,

एएनआई । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ ।

गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन.् ।

शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २८३ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।

महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार ३७६ सक्रमित रहेका छन् । संक्रमित मध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ ।

गुजरातमा २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ११२ को ज्यान गएको छ । यसैबीच २५८ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

साताका लोकप्रिय समाचार

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा...

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन...

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

ट्रेन्डिङ

पत्रकार आचार्यलाई स्वर्ण पदक

वीरगन्ज । एक तोला सुन सहितको ‘स्वर्ण पदक’ यो बर्ष झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ । वीरगन्जका अग्रज पत्रकार स्व.गोपालचन्द्र गौतमको...

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई...

कोरोनाको सङ्क्रमण फैलिन नदिन श्रीलङ्कामा कर्फ्यु

कोलम्बो । श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अधिकारीले जनाएका छन् । प्रहरीले...

कालीमाटी तरकारी बजार : मास्क समेत लाउदैनन्

काठमाडौँ । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी...

दाहाल–नेपाल समूहको बन्द: आगजनीदेखि तोडफोडसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले...

एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार प्रदान गरेको छ । इलामकी गंगा माया...

संघीय निजामती सेवा विधेयकमा फेरि भाँजो

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले गम्भीरतापूर्वक ध्यान नदिँदा चालु संसद् अधिवेशनबाट संघीय...

यातायात क्षेत्र व्यवस्थित बनाउने उपाय

हामी भूपरिवेष्ठित राज्यका नागरिक हौं । भूपरिवेष्ठित हुनुपर्दाको कठिनाइ युगौंदेखि झेल्दै आएका छौं । यातायातका साधनमा प्रमुख र निर्विकल्प सडक यातायात नै बनेको छ...

मिष्टर केपी ओली तपाइको जमानत जफल हुने छ : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् । बुधबार राजधानीमा दाहाल–नेपाल...

भारतमा एकैदिन १० हजार ६६७ जनामा संक्रमण, ३८० जनाको मृत्यु

नयाँदिल्ली । भारतमा एक दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही...

जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु

जर्मनी । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान...

‘बलिउडमा गिद्ध जस्ता निर्देशक पनि छन्’

मुम्बई । दाम्पत्य सम्बन्धपछि परिवारमा व्यस्त रहेकी अभिनेत्री समिरा रेड्डीले फिल्ममा काम गर्दा आफुमाथि भएका एक पछि अर्को दवावको बारेमा खुलासा गर्दै गएकी छिन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)