चेन्नई । भारतीय अभिनेता रजनी कान्तले बिहिबार आफ्नो जन्मदिन मनाउँदैछन् । आफ्नो जन्मदिनको अबसर पारेर उनले बुधबार ठुलो रकमको सहयोग दान गरेका छन् । उनले चेन्नईका विभिन्न क्षेत्रमा धर्मशाला, सामुदायिका विधालय निर्माण तथा विधालयमा विभिन्न भौतिक सामग्री प्रदान, खाने पानीको लागि इनार निर्माण जस्ता विभिन्न सामाजिक कार्यको लागि करोडौं रकमको आर्थिक सहयोग दान गरेका हुन् ।
सामाजिक कार्यमा निकै रुची राख्ने रजनी कान्तले आफ्नो जन्म दिनमा हरेक वर्ष यस्ता सामाजिक कार्यमा लगानी गर्छन । बिगतका वर्षमा जस्तै उनले यो वर्ष पनि थुप्रै सामाजिक कार्यमा आर्थिक सहयोग गरेका छन् । उनले समुदायलाई नै आर्थिक सहयोग प्रदान गरेर यस्ता सामुदायिक सेवामुलक कार्यमा सघाउने गरेका छन् ।
दक्षिण भारतीय सुपरस्टारका रुपमा परिचित रजनी कान्त तामझाम भन्दा सामाजिक कार्य गरेर जन्मदिन मनाउन मन पराउँछन्। सोही कारण यसपटक पनि उनले जन्मदिनको अबसर पारेर सामाजिक कार्यमा आर्थिक सहयोग गरेको उनको सचिवालयले जनाएको छ ।
लाइफस्टाइल एशियाको रिपोर्टका अनुसार रजनी कान्तको सम्पत्ति करिब ४३० करोड रुपैयाँको रहेको छ । रिपोर्टका अनुसार उनले एक चलचित्रमा काम गर्दा कम्तीमा ५० करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । उनीसँग चेन्नईको पोज गार्डेनमा एक आलिशान बंगला रहेको छ । यो बंगलाको मूल्य ३५ करोड रुपैयाँ रहेको छ ।
यसबाहेक, रजनी कान्तको २० करोड रुपैयाँमा बनेको भव्य पार्टी प्यालेस तथा विवाह समारोह केन्द्र पनि रहेको छ । यस विवाह समारोह हलको नाम राघवेन्द्र मण्डपम हो ।
अभिनेता रजनी कान्तको कार पनि त्यत्तिकै शौखिन मानिन्छन् । उनीसँग थुप्रै महँगा कारहरुको सँग्रह रहेको छ । उनीसँग दुईवटा त रोल्स रोयस मोडलका कारमात्र छन् । उनको रोल्स–रोयस घोस्टको मूल्य लगभग ६ करोड रे दोस्रो रोल्स–रोयस फ्यान्टमको मूल्य लगभग १६ करोड रुपैयाँ रहेको बताइएको छ । यस्तै यी अभिनेतासँग १.७७ करोडको डब्लुबिएम एक्स फाईब कार पनि रहेको छ । उनीसँग ६ करोडको अर्को कार बेन्ले सुमिनस पनि रहेको छ । यस्तै २.५५ करोडको मर्सिडिज बेन्ज जी भैगन र ल्याम्बोर्गिनी पी पनि उनीसँग रहेको छ ।






