नेपाली चलचित्र प्रदर्शनीमा कोटा छुट्याउन प्रदीपको माग

काठमाडौं । अभिनेता प्रदीप खड्काले हल सञ्चालकहरुबाट नेपाली चलचित्र निर्माताहरु जहिले पनि हेपिने गरेको बताएका छन् । काठमाडौंमा एक कार्यक्रममा नेपाली चलचित्रको व्यापार’bout आफ्नो भनाई राख्ने क्रममा यी अभिनेताले नेपाली चलचित्रको तुलनामा बिदेशी चलचित्रलाई हल सञ्चालकहरुले महत्व दिने गरेको आरोप लगाएका छन् ।

दुई दिन अघि मात्र नेपाली चलचित्रको प्रदर्शनीका ’boutमा अबदेखि निर्माताहरुले आफ्नो वितरकलाई भन्नु पर्ने हल सञ्चालकहरुको विज्ञप्ति आएको थियो । निर्मातासँग चलचित्र हल सञ्चालकहरुको कुनै सम्बन्ध नरहने गरेको हल सञ्चालकहरुले एक विज्ञप्ती मार्फत बताएका छन् । उनीहरुले कानुनी रुपमा निर्माताहरुलाई आफुहरुले नचिन्ने विज्ञप्ती मार्फत बताएका छन् । सो कुराले अभिनेता प्रदीपले खण्डन गरेका छन् ।

यसै क्रममा अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रलाई हेर्ने हल सञ्चालकहरुको नजर सम्मानित नरहेको जिकिर गरेका छन् । हल सञ्चालकले बिदेशी चलचित्रलाई लाखा र नेपाली चलचित्रलाई अहिले पनि पाखाको व्यबहार गरेको यी अभिनेताको कथन छ । चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीसँग अपिल गर्दै अभिनेता प्रदीपले अब नेपाली चलचित्र प्रदर्शनका लागि बोर्डले कोटा नै छुट्याउनु पर्ने माग गरेका छन् ।

‘अहिले पनि स्टार कलाकार भएको बिदेशी चलचित्र आउनासाथ हल सञ्चालकहरुले नेपाली चलचित्रलाई पाखा लगाएर बिदेशी चलचित्रको प्रदर्शनीलाई महत्व दिने गरेका छन् । जसका कारण कैयौं नेपाली चलचित्रले प्रदर्शनको क्रममा प्राईम टाईममा हलमा शो नै पाउन छाडेका छन् ।’ बोर्ड अध्यक्ष डिसीको ध्यानाकर्षण गराउँदै अभिनेता प्रदीप खड्काले भने,‘मैले अभिनय गरेको चलचित्र प्रकाशमाथि पनि यस्तै भेदभाव भएको थियो । जसका कारण चलचित्र हलमा शो पाउनको लागि हामीले निकै संघर्ष गर्नु परेको थियो ।’ दर्शक नआउने समय कि एका बिहानै कि अबेर साँझ मात्र नेपाली चलचित्रलाई हलले सो दिने गरेको पनि यी अभिनेताको कथन छ ।

हलमा सबै निर्माताहरुको पहुँच नहुने भएकाले पनि नेपाली चलचित्रले समान प्रदर्शनको अबसर पाउनको लागि अनिबार्य कोटा प्रणाली लागु गर्नै पर्ने पनि प्रदीपले बताएका छन्,‘अब नेपाली चलचित्रको लागि चलचित्र विकाश बोर्डले दिनमा कम्तीमा तीन वटा शो छुट्याउनै पर्ने भनेर कोटा प्रणाली लागु गर्नुपर्ने भएकोछ । यस्तो शो पनि बिहानको सट्टा दिउँसो तथा अपरान्हको प्राईम टाईम नै दिनुपर्छ ।’

दुई दिन अघिमात्र चलचित्र पूर्णबहादुरको सारंगी नेपालका सबै हलबाट उतारिएको छ । यस अघि अभिनेता तथा निर्माता निश्चल बस्नेतले पनि आफुलाई हल सञ्चालकले राम्रो शो नदिएको भन्दै आफ्नो चलचित्र बेहुली फ्रम मेघौली रिलिज भएको दोश्रो हप्ता नै हलबाट हटाएका थिए । सानो संसारदेखि राधासम्म धेरैवटा चलचित्रलाई राम्रो शो नदिएको भन्दै प्रदर्शन हुँदा हुँदै निर्माताहरुले हलबाट हटाएका छन् । यसरी हल सञ्चालकहरुले नेपाली चलचित्रलाई उचित शो नदिएको कारण प्रदर्शन भईरहेका चलचित्र हलबाट उतार्न निर्माताहरु बाध्य भएको पनि अभिनेता प्रदीप खड्काले स्मरण गराएका छन् ।

चलचित्र घर सञ्चालकहरुले नेपाली चलचित्रलाई प्रदर्शनमा महत्व दिनु भन्दा व्यापार मात्र हेर्ने गरेको पनि प्रदीपको कथन छ । हल सञ्चालकहरुले साथ दिँदा नेपाली चलचित्रको व्यापार राम्रो हुने जिकिर गर्दै अब नेपाली चलचित्रले हलमा उचित शो पाउनको लागि कोटा प्रणालीको विकल्प नभएको पनि यी अभिनेताले चलचित्र विकाश बोडका अध्यक्ष डिसीलाई सुझाब दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी