डिफेन्डिङ च्याम्पियन उपाधिको दाबेदार

इलाम । पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन न्युरोड काठमाडौँ उपाधिको दाबेदार बनेको छ । इलामको ठुलो टुँडिखेलमा जारी दोस्रो इलाम गोल्ड कपमा रेड स्टार झापालाई २–१ गोल अन्तरले उपाधिको दाबेदार बनेको हो । खेलको ४५ औ मिनेटमा फल्डमार्फत पेनाल्टी पाएपछि न्युरोडका अञ्जन विष्टले गोल गर्दे अग्रता दिलाए ।

मध्यान्तर अघि एक गोलले अगाडी न्युरोडले मध्यान्तर पछिको सात मिनेटमा विदेसी खेलाडी इममेन्युल बोटिङले गोल गर्दे खेललाई बराबरी बनाए । खेलको ६१ औ मिनेटमा न्युरोडका विवेक गुरुङले गोल गर्दे आफ्नो टिमलाई अग्रता दिलाए । उक्त गोलनै फाइनल यात्राको निर्णायक बन्यो ।

न्युरोड काठमाण्डौले १६ औ मिनेटमा फल्डमार्फत नेमारले पाएको अवसर बाहिरिन पुग्यो । तत्काल कर्नरबाट पाएको अवसर मार्टिनको प्रहार पोस्टमाथिबाट बाहिरियो । २१ मिनेटमा सरोज तामाङको वान भर्षेस वानको अवसर गुमाउन पुगे । २५ औ मिनेटमा नेमारले दिएको क्रस पास शिशिर लेखीले भेटेनन् । ३० मिनेटमा थ्रो मार्फत पाएको अवसर अञ्जन विष्ट हेड गर्न चुके । ३२ मिनेटमा शिशिर लेखिको डिबक्सबाटको प्रहार सदुपयोग भएन । ३५ मिनेटमा जय गुरुङले वान भर्षेस वानको अवसर सदुपयोग गर्न सकेनन् ।

३९ मिनेटमा कर्नरमार्फत पाएको अवसरमा अञ्जन विष्ट चुक्दा खेललाई अग्रता दिने अवसर चुके । ५७ औ मिनेटमा अञ्जन विष्टले पाएको पास बाहिर पुग्यो । ६१ औ मिनेटमा अन्जल महर्जनले हानेको प्रहार नेमारले हेड नभेटेपछि पोस्ट छेउबाट बाहिरियो । ८६ औ मिनेटमा नेमारले डि बक्स छेउबाटको अवसर फ्रेममा परेन । ९१ औ मिनेटमा अविशेक लिम्बुको पास आशिषले नभेटेपछि सेमिफाइनलबाटै फर्कियो ।

यता रेड स्टार झापाले खेलको १२ औ मिनेटमा आशिष् चापागाईँले सदुपयोग गर्न सकेनन् । १५ औ मिनेटमा बिदेसी खेलाडी इम्मन्युल बोटेनले सही दिशा दिन सकेनन् । १९ औ मिनेटमा डी बक्सबाट आशिष् चापागाईँले सही दिशा दिन सकेनन् । २२ औ मिनेटमा खमिर गिल्सन कन्दङ्वाले आदित्यलाई दिएको पास चुके । २९ औ मिनेटमा आशिष् चापागाईँले डिबक्समा साथी नभेटेपछि मुभ बनाउन सकेनन् ।

३३ मिनेटमा सुनौलो अवसरबाट आदित्य शाक्य चुक्न पुगे । ३९ मिनेटमा क्याप्टेन खमिर गुल्सनको पासलाई आशिष्ले क्याच गर्न सकेनन् । पहिलो हाफको अन्तिम समयमा रोब्रेट खविङले पाएको सदुपयोग गुम्यो । खेलको ५९ मिनेटमा निरज कार्कीको फितलो प्रहार विशाल सुनुवारले सहजै नियन्त्रणमा लिए ।

६४ औ मिनेटमा विशाल दर्जीले गरेको प्रहार अञ्जन विष्टको खुट्टामा पर्याे । ६९ औ मिनेटमा आशिषको क्रस पासमा नीरज कार्कीले गरेको प्रहार भएको रिबाउन्डबल विवेक पौडेलको प्रहार सदुपयोग हुन सकेन ।

७४ औ मिनेटमा कर्नरबाट पाएको अवसर सेमन्त थापाले भेटेनन् । ७७ मिनेटमा डिबक्सबाट आशिष् चापागाईँको सुट अञ्जनले ब्लक गरे । ८१ औ मिनेटमा आदित्यको पास रोब्रट खविङले दिशा दिन सकेनन् । ८९ औ मिनेटमा विवेक पौडेलको पास सदुपयोग गर्न अशिष चुके । खेलको म्यान अफ द म्याच न्युरोडका अञ्जन विष्ट घोषित भए । शनिवार न्युरोड काठमाडौँ र लिग विजेता चर्च ब्वईजबिच उपाधिका लागि भिड्ने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब