दमास्कस, । सिरियामा नयाँ अन्तरिम सरकार बने पनि त्यहाँ अझै स्थिति सामान्य भएको छैन र । राष्ट्रपति बसर अल असदको शाषनकाल विरुद्ध विद्रोह गरेका समूहले अझै पनि रिस शान्त गर्न सकेका छैनन् । हालै ती सिरियाली विद्रोहीले राष्ट्रपति बसर अल असदका पिताको चिहानमा आगजानी गरेका छन ।
विद्रोहीले उत्तरपश्चिममा रहेको सिरियाका पूर्व राष्ट्रपति हाफेज असदको गृहनगरमा रहेको उनको चिहानमा आगजनी गरेका छन् । तर, इस्लाममा मृत शरिरमा आगजानी गरिदैन, त्यसलाइ पुरिन्छ । त्यही शव पुरिएको चिहानमा बिद्रोहीहरूले आगजानी गरेका हुन् ।
हाफेज असदले २००२ सम्म अर्थात आफ्नो मृत्यु नहुँदासम्म सिरियामा ३० वर्ष लामो शासन गरेका थिए । उनको मृत्यु पछि मात्रै उनका छोरा बशर उत्तराधिकारीको रूपमा राष्ट्रपति भएका हुन ।
बिद्रोहीले यसै साता सिरियामा कब्जा जमाए पछि राष्ट्रपति भागेर रूस पुगेका छन भने सिरियामा बिद्रोही नेता मोहम्मद अल बसिर अन्तरिम प्रधानमन्त्री बनेका छन । उनी