अब माग्ने बुढा पनि मुख्य नायक

काठमाडौं । पछिल्लो समय हास्य कलाकारहरु नायकको रुपमा मुख्य भूमिकामा छाउने क्रम जारी छ । यस अघि दीपकराज गिरी, जितु नेपाल, विल्सन विक्रम राईजस्ता हास्य अभिनेताहरु चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत भईसकेका छन् ।

छक्का पञ्जा शृंखलामा सहयोगी कलाकारको रुपमा रहँदै आएका केदार घिमिरे (माग्ने बुढा) पनि मुख्य नायकको रुपमा एक चलचित्रमा अनुबन्धित भएका छन् । उनी नयाँ चलचित्र ‘माग्ने राजा’मा मुख्य भूमिकामा अनुबन्धित भएका हुन् ।

टेली सृँखलादेखि चलचित्रमा समेत माग्ने नामकै चरित्रमा प्रस्तुत हुँदै आएका केदारलाई मुख्य भूमिकामा अनुबन्धित गरेपछि यो चलचित्रको नाम नै ‘माग्ने राजा’ राखिएको छ । चलचित्रमा उनको अभिनेत्रीको रुपमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन् ।

चलचित्रको कथा निकै राम्रो भएकाले आफु यो चलचित्रमा मुख्य भूमिकामा काम गर्न तयार भएको अभिनेता केदारले बताएका छन् । चलचित्र हास्य जनरामा निर्माण हुन लागेकोले पनि आफुले शिर्ष भूमिकाको जिम्मेवारी ग्रहण गरेको पनि केदारले राजधानीलाई बताएका छन् ।

यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन् । चलचित्रमा माग्ने नै मुख्य भूमिकामा रहेको र यसको कथा उनको वरीपरी घुम्ने भएकाले चलचित्रको नाम नै माग्ने राजा राखिएको पनि निर्देशक लामिछानेले प्रकाश पारे । अब बाँकी कलाकारको चयन गरेर पुषबाट यसको अभियन कार्यशाला सुरु गर्ने उनले बताएका छन् । चलचित्रको छायांकन १ फागुनबाट सुरु हुनेछ ।

यो चलचित्रको आलेख सामिप्यराज तिमिल्सिनाले तयार गरेका हुन् । यस अघि थुप्रै चलचित्रमा अभिनेताको रुपमा काम गरिसकेका मुनाल घिमिरे माग्ने राजामा निर्माताको रुपमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी