काठमाडौं । काठमाडौं फोटोग्राफर संघले आयोजना गर्ने वेडिङ फोटो अवार्ड २०२४ देशभरका विभिन्न जिल्लामा भव्य रूपमा प्रचार-प्रसारका तथा क्यम्पेनीङ कार्यक्रम सम्पन्न भयाे। संस्थाका अध्यक्ष हरिप्रसाद घिमिरेकाे नेतृत्वमा काठमाडौं बाट निस्कीएकाे एक टाेली तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा, दाङ, कपिलवस्तु, बुटवल, नवलपरासी (पूर्व र पश्चिम), नवलपुर र चितवन कार्यक्रम गरेएकाे छ। यस अघि काठमाडौं, ललीतपुर र भक्तपुरका बिभिन्न स्थानमा स्थानहरूमा प्रचार-प्रसारका तथा क्यम्पेनीङ अभियान सञ्चालन गरिसकेका छ ।
कार्यक्रमको मुख्य उद्देश्य नेपाली विवाह फोटोग्राफीलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उत्कृष्टता प्रोत्साहन गर्दै, नेपालीमा हुने विवाहका बिभिध संस्कृति, जात जाती भेष भुषाको फोटोग्राफीका मध्यम बाट संसार भर चिनाउनु रहेकाे छ। फोटोग्राफरकाे प्रतिभालाई उजागर गर्नु, र नेपाललाई अन्तर्राष्ट्रिय फोटोग्राफी मानचित्रमा चिनाउनु अध्यक्ष घिमिरे बताए।
“केपीए वेडिङ फोटो अवार्ड २०२४ ले नेपाली फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउने र फोटोग्राफरहरूको मेहनतलाई सम्मान गर्ने उद्देश्य राखेको छ। देशभरका प्रतिभावान फोटोग्राफरहरूको योगदानलाई उजागर गर्न यो कार्यक्रम ऐतिहासिक हुने विश्वास छ,” अध्यक्ष घिमिरेले भने।
काठमाडौं फोटोग्राफर संघ यस अवार्ड कार्यक्रम सपफल बनान संयोजक अानन्द प्रभाकर घिमिरे सम्पुर्ण फोटोग्राफर अावश्यक निर्देसीका ’bout प्रस्ट पारे । सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा तयारी गरिरहेको छ। अध्यक्ष घिमिरेको नेतृत्वमा कार्यक्रमलाई व्यवस्थित र सफल बनाउने प्रयास भइरहेको छ।
फोटोग्राफरहरूले मुख्य बिधामा आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू तथा सहायक बिधामा प्रि वा पाेस्ट वेडिङका अधिकतम २ वटा फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्। फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागिमा गुगलफर्म भर्नुपर्ने
यो कार्यक्रमले फोटोग्राफीप्रति रुचि राख्ने सम्पूर्णलाई एकत्रित गर्नेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटोग्राफी व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रममा थप आकर्षण थप्नेछ। केपीए वेडिङ फोटो अवार्ड २०२४ ले नेपाली फोटोग्राफी उद्योगलाई एकजुट पार्दै यसलाई विश्वस्तरीय बनाउन महत्वपूर्ण योगदान दिनेछ।