बिरेन्द्रनगर । काठमाण्डौंबाट कर्णाली फर्किएका अलपत्र बालबालिको प्रहरीले उद्धार गरेको छ । कर्णाली प्रदेश सरकार र विरेन्द्रनगर नगरपालिको पहलमा बालबालिकाको उद्धार गरिएको हो । हुम्ला जानको लागि आएका बालबालिका सुर्खेतको सुव्वाकुनामा दुइ दिनदेखि अलपत्र परेका थिए । अलपत्र बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी तथा प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् । हुम्लाका ८ जनालाई काठमाडौंबाट आएको ना४ ख ६९२० नम्बरको वसमा कालीकोटको जितेसम्म पठाइएको सुचना अधिकारी रायमाझीले बताए ।
कालिकोटबाट हुम्लाको अदानचुली गाउँपालिकाले उद्धार गरेर लैजाने तयारी रहेको छ । राजधानी दैनिकले अलपत्र परेका बालबालिकाको स्थलगत रिपोटिङको समाचार बाहिर आएपछि उद्धार गरिएको हो ।
लकडाउनका कारण काठमाडौंलगायतका देशका अन्य स्थानबाट घर फर्किएका बालबालिका बाटोमै अलपत्र परेका थिए । पढाईको सिलसिलामा काठमाडांै गएका हुम्लाका बालबालिका सुर्खेतको सुव्वाकुनमा अलपत्र अवस्थामा थिए । बालवालिका बुधवार रातिदेखि सडकमै भोकै वसेका थिए । खानापीना र पानी नपिएरै दुई दिनसम्म सडकमा विजोग भएको थियो ।
काठमाण्डौ हुँदै दाङबाट हुम्लाको लागि घर फर्किएका ६ जना बालक र २ जना किशोर गरि ८ जना अलपत्र अवस्थामा थिए । दाङको तुल्सीपुरको स्थानीय सरकारले सुर्खेतसम्म गाडीको व्यवस्था गरिदिएपनि सुर्खेतमा भने अलपत्र पर्नु परेको उनिहरुले पीडा पोखेका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ मा पर्ने धुलियाविट नजिकैको सुव्वाकुना प्रहरी चौकी नजिकै सडकमा वसिरहेका थिए ।
दुइ दिनदेखि खान नपाएर भोकै वसेको १६ बर्षिय बालक दानबहादुर टमट्टाले बताए । ‘सुर्खेत पुगेको दुइ दिनपछि सरकारले उद्धार गरेको छ ।’ उनले भने, ‘यस्तो पीडा त जीवनमै पाएका थिएनौं ।