नृत्यकर्मीका लागि ‘नृत्य तथा नाट्य अध्ययन’

काठमाडौं । लामो समयदेखि चलचित्र तथा नृत्य निर्देशन गर्दै आएका कोरियोग्राफर एवम् निर्देशक विकास घले गुरुङले नृत्य तथा नाटक सम्बन्धि अध्ययन गर्न चाहनेहरुका लागि नयाँ पुस्तक ल्याएका छन् ।

उनले लेखेको पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’को काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानद्धारा आयोजित एक समारोहमा सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छाली, वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, प्राज्ञ परिषद सदस्य बखतबहादुर हमाललगायतले यो पुस्तक संयुक्त बिमोचन गरे ।

कार्यक्रममा बोल्दै अग्रज नृत्य निर्देशक भैरवबहादुर थापाले लेखक गुरुङले ‘बिटुजी’ नृत्य विधि अघि सारेर आफ्नो निकै उपयोगी रुपमा यो पुस्तक लेखेको भन्दै उनको प्रंसंसा गरे । पुख्र्यौली व्याकरणलाई मात्र पछ्याएर किताब लेख्ने परम्पराबाट मुक्त हुन आवश्यक रहेको पनि उनले औंल्याए ।

यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीले यो पुस्तकमा नृत्यलाई ललतिकला विधासँग समेत जोडेर बताए । पुस्तकमा सैद्धान्तिक र प्रयोगात्मक दुबै पक्षलाई समेटिएकाले यो पुस्तक नृत्यकर्मीहरुका लागि निकै उपयोगी हुने भनाई उनले सो कार्यक्रममा राखे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शैक्षिक र प्राज्ञिक दुबै पक्षसंग नृत्य विधालाई जोडेर लेखिनु यो पुस्तकको थप विशेषता हो भने । मानजगतले उपार्जन गरेको सबैभन्दा पुरानो संज्ञानात्मक विधा नृत्य भएको चर्चा गर्दै नेपाली नृत्य शास्त्रलाई मानवशास्त्रीय दृष्टिकोणले व्याख्या, पुनव्र्याख्यामार्फत् रैथानेकरण गर्न आवश्यक रहेको कुलपति राईले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपालमा संगीत, नृत्य, नाटकसम्बन्धि पुस्तकको अझै पनि निकै अभाव रहेको जानकारी गराए । नृत्य निर्देशक घलेको यो पुस्तकले नृत्य सम्बन्धित पुस्तकको अभावलाई केही मात्रामा पूर्ति गर्ने विश्वास उनले व्यक्त गरे । नृत्य अध्ययनमा यो पुस्तक धेरै नै उपायोगी हुने भनाई उनले सो कार्यक्रममा राखे ।

लेखक विकास गुरुङले आफ्नो पुस्तक ‘बिटुजी सिद्धान्त’बाट प्रतिपादित रहेको जानकारीस् गराए । यो सिद्धान्त ब्यवसायिक नृत्य सिद्धान्त भएको पनि उनले जनाए । ‘स्नातकतोत्तरको परीक्षा सम्बन्धित निकायले प्रश्नपत्र समेत तयार गरेर उपलब्ध गराउन नसक्दा खाली उत्तर पुस्तिका बुझाउनु परेको तीतो अनुभवले नृत्य विधामा यो पुस्तक लेख्न प्रेरित गरेको हो’ गुरुङले बिमोचन कार्यक्रममा भने ।

प्रज्ञा—प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखतबहादुर हमालले नृत्य विधा समग्र संस्कृति अभिव्यक्त हुने सम्पूर्ण माध्यम भएको बताए । उनले यो पुस्तकले नृत्यको विकाशमा अझ थप टेवा पु¥याउने भनाई राखे ।

नृृत्य अनुसन्धाता भावाना कार्कीले विश्वविद्यालय तहमा रहेको नृत्यसम्बन्धी पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको अभावलाई गुरुङकृत पुस्तकले केही मात्रामा मेट्ने बताईन् । पुस्तकले नृत्यको आधारभूत र सैद्धान्तिक दुबै ज्ञान दिने विश्वास उनले व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी