कोरोनाको कारण मनाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा कोरोना भाइरस (कोभिड– १९) संक्रमणका कारण यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको र संक्रमित संख्या बढ्दै गएकाले मनाङ प्रशासनले जिल्लामा यार्सागुम्बा टिप्न पहिलो पटक प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठकले यस वर्ष यार्सा टिप्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । उनका अनुसार मनाङका सांसद, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुखलगायत सरोकारवाला निकायका प्रमुखको संयुक्त बैठकबाट त्यस्तो निर्णय गरिएको हो ।

उनले भने, ‘अतिबहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मौसम सुरु भएको हुँदा यो वर्ष अर्को निर्णय नहुृदासम्म यस कार्यलाई पूर्ण रूपमा बन्देज गर्ने निर्णय गरिएको छ ।’ यार्सागुम्बा टिप्न खुला गर्दा जिल्ला बाहिरका समेत धेरै संख्यामा मानिस आउने भएकोले कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले संकलन कार्य रोकिएको प्रजिअ पौडेलले बताए ।

मनाङमा बाहिरी जिल्लाबाट यार्सागुम्बा संकलन गर्न आउने र यार्सागुम्बा टिप्ने कार्य खुला गरे लकडाउनको समयमा पनि मानिस लुकेर आउने भएकाले कोरोना भाइरस संक्रमण रोक्न यार्सागुम्बा टिप्ने कार्यमा प्रतिबन्ध लगाइएको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले बर्षेनी हजारौँको संख्यामा बताए । सांसद गुरुङका अनुसार मनाङमा पहिलोपटक यार्सागुम्बा संकलन कार्यमा प्रतिबन्ध लगाइएको हो ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न विगतका वर्षमा स्थानीय मात्रै नभएर लमजुङ, गोरखा, धादिङ, रुकुम, रोल्पाका मानिससमेत मनाङको लेकमा आउने गरेको मनाङको सदरमुकाम स्थित चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । उनका अनुसार मनाङको साविकका १३ गाविसमध्ये २ बाहेकका सबै गाविसमा यार्सागुम्बा पाइन्छ ।

मनाङको नारस्थित लेकमा ०६६ सालको जेठमा सातजना गोरखालीको हत्या भएपछि यार्सागुम्बा संकलनमा कडाइ गरिँदै आएको थियो । त्यसपछि नार र फुको लेकमा बाहिरी व्यक्तिलाई यार्सागुम्बा संकलन गर्न प्रतिबन्ध लगाएको एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । उनका अनुसार मनाङका २२ भन्दा बढी लेकमा यार्सागुम्बा पाइन्छ । उनले भने, ‘चार गाउँपालिका रहेको मनाङमा तल्लो मनाङको धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ ।’

यार्सागुम्बाको बजार मूल्य त्यसको गुणस्तरका आधारमा निर्धारण हुन्छ । यतिबेला यार्सागुम्बाको बजार मूल्य प्रति केजि ११ लाख देखि १६ लाख रुपैया रहेको सम्बद्ध व्यवसायीहरुको धनाई छ । मनाङमा गत आवमा ८५ दशमलव १ किलो यार्सागुम्बाको छोडपुर्जी दिइएको एक्यापले जनाएको छ । सो कार्यालयका अनुसार अघिल्लो आवमा एक सय २९ किलो यार्सागुम्बाको छोडपुर्जी दिइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 565 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी