तुलसीपुर खानेपानीद्वारा निःशुल्क पानी वितरण

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सल्यानतर्फ जाने यात्रु र क्वारेन्टाइनमा निःशुल्क पिउने पानी वितरण गरिरहेको छ । बिहीबारदेखि सल्यानतर्फ जाने प्रत्येक यात्रु र तुलसीपुर क्षेत्रमा रहेका क्वारेन्टाइन र सामुदायिक होम क्वारेन्टाइनमा निःशुल्क पानी वितरण गरेको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि बजार बन्दका कारण सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरणको अभियान थालिएको वलीले बताए । संस्थाले क्वारेन्टाइनका प्रत्येक कोठामा एउटा जारको पानी उपलब्ध गराएको छ ।

त्यसैगरी तुलसीपुर–सल्यान सडक खण्डको गोठीखोलामा बसेर सल्यानतर्फ बसमा जाने सबै यात्रुलाई एक÷एक वटा मिनरलवाटर बितरण गरेको छ । निःशुल्क पानी वितरणको काम भोलिसम्म चल्ने छ । शुक्रबार हिजोसम्म करिब १६ सय यात्रुलाई मिनरल वाटर वितरण गरेको अध्यक्ष वलीले बताए ।

यता तुलसीपुरको गुरुजुर मावि, कोरोना विशेष अस्पताल बेलझुण्डी, तुलसीपुर–२ को कुमालगैरी, तुलसपिुर–१७ को वनकट्टा , तुलसीपुर–१७६ को लक्ष्मी मावि लगाएतका क्वारेन्टाईनमा निशुल्क पानी वितरण गरेको खानेपानीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 648 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने