काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । बुधबार एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद-बिक्री भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)