घान्द्रुकमा दुर्घटनामा १ को मृत्यु ४ घाइते

पोखरा । कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा हिजो बिहीबार स्करपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । चालकले गियरमा छाडेर अगाडि बाटो हेर्न जानेक्रममा एक्कासि गाडी सडकदेखि करिब ६ सय मिटर तल खसेको हो ।

पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्करपियो गाडी दिउँसो पौने २ बजे अन्नपूर्ण गाउँपालिका १०, विकासे डाँडामा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मुस्ताङको थासाङ गाउँपालिका १, टुकुचेकी ७० वर्षीया भीमकुमारी थकालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पोखरा १६, दीपकी २० वर्षीया रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका १, टुकुचेकी ३१ वर्षीया ज्योति खत्री थकाली, बागलुङको गलकोट नगरपालिका १, झाँकीस्थानकी ७६ वर्षीया खिमकुमारी खत्री र सोही ठाउँकी करिब ५२ वर्षीया नवीना छन् । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

गाडीमा सवार बागलुङ गलकोट १, झाँकीस्थाकी ४० वर्षीया अनिता खत्री भने सकुशल छिन् । सवारीचालक स्याङ्जाको भिरकोट २, डाँडाकोटका ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडी दुर्घटनाको खबरपति प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी अस्पताल पठाएको थियो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दम्भले एमालेलाई घाटा