बाजुरामा भुकम्पले १८ घरमा क्षति

बाजुरा । शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिका ५ गाेत्री आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण विभिन्न क्षति गरेको छ । भूकम्पका कारण बाजुरा सहित कालिकोटका विभिन्न स्थानमा भौतिक क्षति भएको प्रारम्भीक तथ्याकं प्राप्त भएको छ ।

बुढीनन्दा नगरपालिका वणडा नम्बर २ मा स्थानीय कल्पना बुढाको दुई तले घर पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै सोहि नागरपालिका ३ मा स्थानीय धनि बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मान सिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ भने सोहि ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ । त्यसै गरी सोहि नगरपालिका वडा नम्बर ४ मा स्थानीय जनक बोहरा, वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पनि पूणर् रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिएका छन् ।

त्यस्तै भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका १ मा स्थानीय दशरथ वि.क, आनन्द वि.क, चम्फे वि.क, मन वि.कको घरमा क्षति भएको जनाएको छ । त्यस्तै प्रहरीका अनुसार बिहान देखि भूकम्पबाट भएको क्षेति विवरण संकलनका लागि ५५ जनाको टोलि खटिएको छ । जिल्लाका अन्य स्थानमा भूकम्पका कारण भएको क्षतिको विवरण संकलनका लागि प्रहरीको टोलि खटिएकाले बाँकी एकिन विवरण आउन बाँकी रहेको छ ।

त्यसै गरी भूकम्पका कारण कालिकोटको रास्कोट नगरपालिका ३ मा स्थानीय डम्वर कुमालको ३ तले कच्ची घर पूणर् रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टेकबहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार सोहि नगरपालिका ३ मा पाचायोगीको २ तले घरमा आंशिक क्षेति भएको छ भने सो नगरपालिका ८ मा स्थानीय पुस्पराज न्यौपानेको घर चिराचिरा परेको छ । अहिले प्रहरीको टोलि एकिन विवरण संकलनका लागि खटिएकाले दिउँसोसम्म यति नै क्षति विवरण आएको डिएसपी रावतले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)