इंग्ल्यान्डमा १ जुलाईसम्म क्रिकेट गतिविधि नहुने

लन्डन । भारतीय महिला क्रिकेट टिमको २८ जुनबाट हुने इंग्ल्यान्डको भ्रमण अस्थायी रूपमा स्थगित गरिएको छ । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले शुक्रबार कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण कम्तीमा पनि १ जुलाईसम्मका व्यावसायिक क्रिकेटको सम्पूर्ण प्रारूप स्थगित गरिदिएको छ ।

भारतीय महिला टिमले दुई साताको भ्रमणका क्रममा चार एक दिवसीय अन्तर्राष्ट्रिय र दुई टी २० अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको थियो । ९ जुलाईसम्मको खेल तालिका स्थगित गरिएको हो । भारतले टांटल र ब्रिस्टलमा टी २० अन्तर्राष्ट्रिय म्याच खेल्न थालिएका थियो । साथै, वारेस्टर, चेल्म्सफोर्ड, कैंटबरी र होभमा चार वान डे खेल्ने तालिका थियो ।

ईसीबीले रातो र सेता बलको क्रिकेट भने संशोधिक कार्यक्रमअनुसार आयोजना गरिने बताएको छ ।
ईसीबीका मुख्य कार्यकारी अधिकारी टाम हैरिसनले भने, ‘हामीलाई आशा छ, यो गर्मी महिलामा हामी केही क्रिकेट प्रतियोगिता गर्नेछौं । हामी विश्वव्यापी संकटबाट घेरिएका छौं । व्यावसायिक खेल खेल्नुको सट्टा यतिबेला हाम्रो प्राथमिकता कमजोर र पुरै समाजलाई बचाउनुहुनेछ ।’ उनले खेल्न सुरक्षित नभएसम्म क्रिकेट प्रतियोगिता नहुने बताएका छन् । ‘सामान्य शब्दमा भन्ने हो भने जबसम्म खेल्न सुरक्षित वातावरण बन्दैन, तबसम्म कुनै क्रिकेट प्रतियोगिता हुनेछैन । सरकारले स्वीकृति दिएपछि मात्र हामीले अन्य गतिविधिलाई अगाडि बाउनेछौं,’ उनले भने ।

इंग्ल्यान्डको पुरुष र महिला टिमको अन्तर्राष्ट्रिय क्रिकेट सत्र जुलाईबाट सुरु भई सेप्टेम्बरको अन्तिमसम्म गरिनेछ । जसबाट वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज र भारतविरुद्धको महिला सिरिज हटाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरमा श्रीमान र उपमेयरमा श्रीमतीको उम्मेदवारी दर्ता