काठमाडौं । बौद्धदर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले ककनीमा शनिबारबाट थाङ्का कला सृजना प्रशिक्षण सुरु गरेको छ । यो प्रशिक्षणमा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोकलगायत जिल्लाहरूबाट १८ जना कलाकारहरु सहभागी भएकाछन् ।
तालिमका संयोजक रामबाबु सापकोटाका अनुसार यो प्रशिक्षण एक महिनासम्म चल्ने छ । उनीहरुलाई पारम्पारिक शैलीका थाङ्का कला सृजना सिकाईने छ ।
प्रशिक्षक छेवाङ ग्याल्चन लामाले सहभागीहरूलाई थाङका चित्रकलाका मौलिक शैली, रंग संयोजन, प्रतिकात्मक महत्व र चित्राङकन प्रक्रियाका विविध चरणहरू’bout व्यावहारिक ज्ञान प्रदान गरिने बताए ।
यस्तै समितिका अध्यक्ष अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई धेरै भन्दा धेरै सिकाउन प्रयास गरिने बताए । ‘ज्ञान र सीप सिक्न अल्छी, बहाना बनाउनेहरुले थाङका सिक्न सक्दैनन् । सिक्नका लागि जहिले पनि चासो र एकाग्रता चाहिने भएकाले यो कला अरु भन्दा केही गाह्रो छ,’ तर एकाग्रताका साथ सिक्यो भने चाँडै सिक्ने पनि उनले बताए ।
सो गुम्बा विकास समितिका म्हारसाङ तामाङले नेपालमा थाङका चित्रकलाको संरक्षण र प्रवर्धनको लागि थप प्रोत्साहन दिने उदेश्यले यो प्रशिक्षण सुरु गरिएको हो भने ।
‘तालिममा थाङका चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई प्राचीन कलाको ज्ञानर सीप प्रदान गरिने छ’, तामाङले बताए ।