लमजुङ । लमजुङका एक १६ वर्षीय बालक अनिल तामाङले ब्लड क्यान्सर जित्ने विश्वास जागृत भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ५ को पाचोक गाउँमा स्थायी बसोबास गर्ने अनिल तामाङ यो वर्ष एसईई दिने हुन् । उनले अनलाइनका माध्यमबाट शिक्षक र साथीहरूसँग सम्पर्क गरेर अस्पतालको बेडमा बसेर सो परीक्षाको तयारीमा जुटेसँगै त्यस्तो प्रतीत भएको हो ।
अनिलको परिवार पछिल्ला केही वर्षदेखि तनहुँको भानु नगरपालिका– ८ को बाइसजघारमा बस्दै आएको छ । अनिल सोही क्षेत्रको कालिका माविको कक्षा– १० मा अध्ययन गर्दछन् । तर उनी गत असोज महिनादेखि ब्लड क्यान्सरबाट पीडित भई भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी रिसर्च सेन्टरमा उपचाररत छन् ।
अनिलले केमो चढाएको दिनमा आराम गर्नु पर्ने रहेछ त्यस दिनमा उनी खासै हलचल गर्न नसक्ने रहेछ, अन्य दिनमा त सामान्य अघिपछि जस्तै देखिन्छ उनकी फुपु सीता तामाङले जानकारी दिइन् ।

उनका अनुसार हाम्रो अनलाइनमा पनि कुराकानी हुने गरेको छ । उनले भनिन्, ‘अब त विरामी ठीक हुन्छ भन्ने विश्वास जागेको छ । उसले अनलाइनमा स्कूलका सरहरू र साथीहरूसँग सम्पर्क गरेर पढ्छु भनेछ, भाइले आएर उसको किताब कापि लिएर गएको तीन दिनमात्र भयो ।’ अनिल आशबहादुरका एकमात्र छोरा हुन् ।
उनको उपचारका लागि हालसम्म ३० लाख रुपैयाँ संकलन भइसकेको र उपचारमा २१ लाख खर्च भएको उनका बाबा आशबहादुरले जानकारी दिएको मामली हजुरबा मनबहादुर तामाङले बताए ।
अनिल विरामी भएको थाहा पाएपछि उनी पढ्ने विद्यालयले उनको उपचारका लागि एकलाख ५० हजार रुपैयाँ सहयोग गरेको अनिलकी फूपु सीता तामाङले बताइन् । उनका अनुसार भदालाई ’twas भनेपछि सुरुमा खर्चका लागि के कसो गर्ने ? भन्ने अन्योल भयो । हामी धेरै आत्तियौं, यहाँको गाउँ समाजमा घरदैलो गरियो, त्यसबाट दुई लाख रुपैयाँ संकलन भयो । सीताले भनिन्, ‘त्यसबाट अब त सहयोग जुट्छ होला भन्ने आँट आयो र उपचारका लागि दिल्ली लग्ने सल्लाह गरियो ।’
त्यसै क्रममा लालीगुराँस आमा समूह बाइसजघाँरले एक लाख रुपैयाँ दियो । पाचोकको नमोबुद्ध आमा समूहले ५७ हजार पाँच रुपैया, विरामीको साइलो बाबा युवराज तामाङले दुबईबाट ७८ हजार ६४५ रुपैयाँ पठाएको उहाँले जानकारी दिनुभयो । यसैगरी राउण्डिङ भानु सञ्जालबाट छ लाख ६२ हजार १२० रुपैयाँ प्राप्त भयो । पाचोकका युवराज गुरुङको नेतृत्वमा यूकेबाट एक रुपैयाँ प्राप्त भएको उनको भनाइ छ ।
ऐलेसम्म छरछिमेक, नातेगोता, आफन्त, शुभचिन्तकहरूको सहयोगबाट तीस लाख रुपैयाँ सकलन भएको अनुमान गरेको अनिलका मावली हजुरबा मनबहादुर तामाङले बताए । उनका अनुसार युकेमा सञ्चालन गरिएको ‘अनिल तामाङ बचाउ अभियान’बाट तीन लाख ७९ हजार ४८६ रुपैयाँ प्राप्त भएको छ ।

अनिलको उपचारका लागि अझै चार महिना अस्पतालमा बस्नु पर्ने स्थिति रहेको डाक्टरहरूले बताएको अनिलकी आमा हरिमाया तामाङले जानकारी दिइन् । उनले भनिन्, ‘बिरामी छोराको साथमा हामी दुवै जना अस्पतालमै बसेका छौं ।’
क्यान्सर पीडित अनिलका हजुरबा ठाडोभाका गायक तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य ७६ वर्षीय श्रीमान् तामाङले नातीले यो वर्ष एईई परीक्षा दिनु पर्ने वर्ष भएको बताए । उनका अनुसार इष्टमित्र, छरछिमेक, शुभचिन्तकहरू सबैको सहयोगले हाम्रो ओठमा हाँसो आउला भन्ने लागेको छ । उनले भने, ‘अनिलको पढाईप्रतिको रुचि, लगाव र मेहनत देख्दा लाग्छ उनी छिटै स्वस्थ्य भएर गाउँघर तथा पठाईमा फर्कने विश्वास लागेको छ ।’ उसको उपचारमा सहयोग गर्नु हुने सबै महानुभाव तथा संस्थाप्रति हामी कृतज्ञ छौं, धन्यवाद दिन्छौं उहाँहरूको प्रगति भइरहोस् श्रीमान् तामाङले भने ।