६ महिनापछि बल्ल दयाहाङ दर्शकमाँझ

काठमाडौं । बिगतमा अभिनेता दयाहाङ राईका महिनै पिच्छे चलचित्रहरू रिलिज हुँदै आएका थिए । कुनै बेला त एकै दिनमा दयाहाङका दुईवटासम्म चलचित्र रिलिज भएका थिए । तर अब आफ्नो चलचित्र केही महिनाको अन्तरालमा मात्र रिलिज हुने यी अभिनेताले बताएका छन् । आफ्नो नयाँ चलचित्रको ’boutका गफिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अभिनेता दयाहाङको नयाँ चलचित्र कार्साङ अहिले प्रदर्शनको तयारीमा रहेको छ । उनको अघिल्लो चलचित्र ६ महिना अघि रिलिज भएको थियो । त्यसपछि बल्ल यो चलचित्र आउन लागेको यी अभिनेताले राजधानीलाई बताएका छन् ।उनको चलचित्र कार्साङ २६ पुसबाट रिलिज हुँदैछ ।

‘हरेक महिना जसो मेरो चलचित्र प्रदर्शनमा आयो भनेर दर्शकको गुनासो थियो । तर यसपाली भने ६ महिनापछि यो चलचित्र आउन लागेको हो’, दयाहाङले भने ।

उनको पछिल्लो चलचित्र घर ज्वाईँ गत असारमा रिलिज भएको थियो । त्यसपछि बल्ल यो चलचित्र आउन लागेको पनि यी अभिनेताको प्रकाश पारे । यो चलचित्रमा उनले एक शेर्पा समुदायको जिम्मेवार पतिको चरित्र निर्वाह गरेका छन् । उनी चलचित्रमा शेर्पा बनेको यो पहिलो पटक हो ।

‘म आफु राईको छोरो भए पनि मैले गुरुङ, राई, लिम्बु, मगर, तामाङ, भुजेलजस्ता विभिन्न जातीय चरित्र निर्वाह गरिसकेको थिएँ । यसपटक भने यो चलचित्रमा पहिलो पटक शेर्पाको चरित्र निर्वाह गरेको छु’, अभिनेता दयाहाङले भने ।

यसमा आफू आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको रूपमा रहेको पनि उनले जानकारी गराए । यो चलचित्रमा उनी ग्रामिण क्षेत्रका दैनिक रोजिरोटीको लागि काम गर्ने कामदारको रूपमा छन् । यसको लागि उनले ग्रामिण क्षेत्रमा देखेको पात्रहरुको जीवनशैलीलाई अनुकरण गरेका रहेछन् ।दयाहाङका अनुसार उनी अभाव र दुःखबिच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा यो चलचित्रमा प्रस्तुत हुंदैछन् । अभाव र इमान्दार समाजका भुइँ मान्छेहरूलाई कसरी आफ्ना–आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने कार्साङले देखाउने पनि उनको कथन छ ।

चलचित्रमा उनी यतिधेरै गरिब चरित्रमा छन की गरिबीका कारणले उनलाई परिवारसमेतले हेला गरेको यर्थाथ पनि यो चलचित्रमा देख्न पाउने दयाहाङले बताएका छन् । गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथालाई यो चलचित्रले नजिकबाट प्रस्तुत गर्ने पनि यी अभिनेताको कथन छ ।

यो मौलिक कथामा आधारित चलचित्र भएको र यसले शेर्पा समुदायको विभिन्न संस्कृति पनि प्रस्तुत गर्ने यी दयाहाङले जानकारी गराए । कार्साङ सामाजिक सँगै सांस्कृतिक चलचित्र भएको पनि दयाहाङले प्रकाश पारेका छन् । यो चलचित्रमा काम गर्दा आफूले शेर्पा समुदायको जीवनशैली र संस्कृतिलाई अझ नजिकबाट बुझ्ने अवसर पाएको पनि उनले बताएका छन् ।

यो चलचित्रमा अभिनेता दयाहाङसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमालले गरे धनगढीकाे मेयरमा उम्मेदवारी दर्ता