क्रिशमसमा आयो चलचित्र देववाणी

काठमाडौं । नेपालमा नेपाली चलचित्र प्राय शुक्रवार रिलिज गरिन्छ । तर चाडपर्वको समयमा बुधबारसम्म पनि रिलिज गर्न पाईने प्रावधान रहेको छ । यही प्रावधानको फाईदा उठाउँदै नेपाली चलचित्र ‘देववाणी’ बुधवारबाट नेपालमा रिलिज भएको छ ।

यो चलचित्रलाई बाबुसाहेब वलामीले निर्देशन गरेका हुन् । यो चलचित्रलाई यस अघि ७ मंसिरमा रिलिजको घोषणा गरिएको थियो । तर त्यतिबेला चलचित्र पूर्णबहादुरका सारंगीका कारण सबैहल बुक भएपछि देववाणीको रिलिज सार्नु परको निर्देशक वलामीले बताएका छन् । सो चलचित्र यतिबेला क्रिशमसको अबसर पारेर बुधबार रिलिज गरिएको उनले जानकारी गराए ।

यो चलचित्र हिन्दी र नेपाली गरी दुई भाषामा निर्माण गरिएको छ । चलचित्रको हिन्दी संस्करण भारतमा ओटिटी प्लेटफर्ममार्फत चाँडै रिलिज गरिने पनि निर्देशक वलामीले बताएका छन् ।

यो चलचित्रमा दुई भारतीय अभिनेता कुन्दन भारद्वाज, ह्यारी जोशी सहित अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहेको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रको प्रदर्शनका लागि अभिनेता कुन्दन भारद्वाज, ह्यारी जोशी नेपाल आएका छन् । चलचित्रको काठमाडौंमा बुधवार विशेष शो राखिएको छ । उनीहरु केही दिन नेपाल वसेर भारत फर्कने छन् ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको यो चलचित्रमा नीराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।चलचित्रमा मीना खड्का र हीराबहादुर लेप्चा निर्माता छन् । देववाणीको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं