दोलखा । भिमेश्वर नगरपालिकाले माटोको उर्बराशक्ति ब्यबस्थापनका लागि माटो परिक्षण गरेकोछ । माटो परिक्षणको लागि श्रीसर्व माध्यमिक विद्यालयका ९,१० र आईएसी एजीमा अध्यानरत विद्यार्थीहरूले परिक्षणका लागि माटो संकलन गरेकाछन । २८ जना विद्यार्थीको टोली फिल्डमा खटिएको छ।
आर्थिक सम्वृदीको मुख्य खम्बा कृषि हो । कृषिको मुख्य आधार नै माटो हो। बाली, बिरुवा माटोमै उम्रन्छन्, बढ्छन् र आंफूलाई आवश्यक पर्ने खाद्यतत्व पनि माटोबाटै लिन्छन् । तसर्थ सफल तथा दिगो कृषि उत्पादनको लागि माटोको भौतिक रासायनिक तथा जैविक गुण परिक्षण गर्नदजरूरी छ ।’
सर्वमाध्यामिक विद्यालयका प्राविधिक धारका कृषि संयोजक प्रज्जवल कार्कीले भने ुपरम्परागत खेति प्रणालीमा बाली सघनता कम हुनु, बालीको उत्पादन क्षमता र उत्पादकत्व पनि कम हुने हुंदा माटो परिक्षण पछि खेती गरे मात्र उत्पादन दिगो हुनेछ।

संयोजक कार्की चिन्ता गर्छन ‘केही समय अघि देखि बढी उत्पादन दिने जातहरुको खेती, प्रांगारिक मलको कमी तथा रासायनिकमलको असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र उत्पादन पनि घट्दै गईरहको छ ।’ दिगो कृषि उत्पादनको लागि माटोको उचित व्यवस्थापन नगरे भविष्यमा कृषि उत्पादन र उत्पादकत्व घट्दै जाने निश्चित छ कार्कीले भने । माटोका अम्लियपना थाहा पाउनको लागी अम्लियपनाको जांच र अम्लियपनाको सुधार गर्नुको लागी कृषि चुनको प्रयोग आवश्यक छ । कृषि प्राबिधिक तथा कृषि चुन उद्योग समेतले प्रयास गर्दै आए पनि प्रभावकारी उपयोग भने दखिदैन ।
यो नगरको कार्यक्रम हो । माटोको नमुना संकलन गरिसकेका छौ ,अब परिक्षण गरि प्रतिबेदन तयार पारी किसानलाई बाली अनुसारको मलको मात्रा प्रयोग गर्न सुझाब दिन्छौ फिल्डमा खटिएका विद्यार्थी यमन बुढाथोकीले बताए ।अनि मात्र कृषकले अपेक्षा गरेको उत्पादन गर्ने छन ।
यस माटो परिक्षण कार्यक्रमको लागि भिमेश्वर नगरपालिकाले दुई लाख ३३ हजार ७सय बजेट बिनियोजन गरेको सर्वमाध्यामिक विद्यालयका कृषि संयोजक कार्कीले जानकारी दिए।