काठमाडौं । मोडल तथा गीतकार भुवन लोहनीले आफ्नो रचनामा नयाँ गीत कुन देवको सृष्टी हौ…को भिडियो क्रिशमसको अबसरमा बुधवार रिलिज गरेका छन् । उनले यो गीतको भिडियोलाई कृपा फाउन्डेसनको अफिसियल च्यानलबाट सार्वजनिक गरेका हुन् ।
गीतमा मोडल भुवन लोहनी र उषा उप्रेतीको अभिनय रहेको छ । यो आधुनिक गीत प्रेम भावमा तयार गरिएको उनले बताए । गीतमा भुवन र उषाको जोडी आकर्षक देखिएको छ । गीतको छायांकन काठमाडौं आसपासमा गरिएको हो ।

यो गीतमा सविन सुवेदी र समीक्षा अधिकारीको स्वर, बसन्त सापकोटाको संगीत सृजना रहेको छ । यो गीतलाई डोरेमी स्टुडियोमा भानुभक्त ढकालले रेकर्डिङ गरेको हुन् । गीतलाई श्याम बागदासले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
कुन देवको सृष्टी हौ…को भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । जसमा कोरियोग्राफी पनि मौसमकै रहेको छ । यसमा नवराज उप्रेतीको छायांकन मनोज कार्कीको सम्पादन तथा रंग संयोजन छ ।
मोडल लोहनी केही वर्ष यताबाट अमेरिकामा बस्दै आएका छन् । उनले अमेरिकामै रहेर आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । यसपटक नेपाल आएका बेला उनले यो गीतको भिडियोमा अभिनय गरेका हुन् ।