चाँगुनारायणले पुस २० गते धिमे बाजा प्रतियोगिता गर्ने, बिजेताले ५० हजार पाउने

भक्तपुर। चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वको चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा सो प्रतियोगिता गर्ने भएको हो ।

नगरकोट भ्रमण वर्ष(२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथलीको ताथली फाँटमा सो प्रतियोगिता गर्ने नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । सो प्रतियोगिता’bout जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख खत्रीले उक्त प्रतियोगिताको तयारी व्यापक गरिएको जानकारी दिए ।

ञचाँगुनारायण नगरपालिकामा रहेका मूर्त-अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउन तथा नगरपालिकाले आगामी २०८२ मा गर्न लागेको नगरकोट भ्रमण वर्षलाई वडा तहसम्म पुर्याउनका लागि वडा नं । ९ मा धिमय् बाजा प्रतियोगिता गर्न लागेका हौंझ, उनले भने , ञनगरकोट भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने यो प्रतियोगिताले नगरकोट भ्रमणको प्रचारप्रसार गर्न पनि सहयोग पुग्नेछ ।झ

नगरपालिकाले उक्त प्रतियोगिताका लागि वडा नं। ९ स्तरीय व्यवस्थापन समिति पनि गठन गरिएको उनले जानकारी दिए ।

सो प्रतियोगितामा विजेता टोलीलाई नगद रू। ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई रु। २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीयलाई रु। १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सान्त्वनालाई रु। ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान, उत्कृष्ट प्रस्तुति ९निर्णायक छनोट०लाई धिमय् बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुछ्या १(१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको सो प्रतियोगितामा सहभागी हुन प्रतिसमूहदर्ता शुल्क १ हजार रूपैयाँ निर्धारण गरेको छ ।

प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा रहने आयोजकले जनाएको छ । सो पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीले धिमय् बाजा प्रतियोगिताले समग्र नगरपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

प्रतियोगिताको लागि ११ लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकाबाट गरी करिब ५० वटा टोलीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित