भोजपुर । भोजपुरमा माघ १ गतेबाट ‘दोश्रो पौवादुङमा गोल्ड कप फुटबल’ प्रतियोगिता हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा यहि माघ १ गतेदेखी ९ गतेसम्म ‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता सञ्चालन हुने भएको हो ।
तीन लाख राशीको प्रतियोगितामा सम्पूर्ण नगरपालिका, गाउँपालिका, विभागिय टीम र आधिकारिक क्लवहरुले सहभागिता जनाउन पाउने आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउन चाहने समुहले २०८१ पुस २० सम्म आफ्नो समुह दर्ता गराईसक्नु पर्ने उनको भनाइ छ ।
खेल क्षेत्रको विकाससँगै युवा तथा बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ ।
‘गाउँपालिकाको आर्थिक व्यावस्थापनमा हामीले दोश्रो पौवादुङमा गोल्ड कप सञ्चालन गर्न लागेका छौँ’अध्यक्ष राईले भने,‘प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’
प्रतियोगिता पौवादङमा गाउँपालिकाको रङ्गाशालामा सञ्चालन हुने जनाइएको छ । गोल्ड कप प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हुने टिमले नगद दुई लाख मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।