इलाम । लिग लिडर चर्च ब्वाइज पाँचथरको फिदिममा जारी ११ औ फाल्गुनन्द गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा भएको खेलमा आयोजक फिदिम स्पोटिङलाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । खेलको मध्यान्तर अघिको अन्तिम दुई मिनेटमा एक एक गोल गर्दे खेल बराबरी भएको थियो ।
४२ मिनेटमा अग्रता बनाएको आयोजक फिदिमले एक मिनेट नबित्दै चर्च ब्वाइजले गोल गर्दै खेल बराबरी बन्यो । ६२ मिनेटमा रोहनको प्रहारलाई अर्मान्डले हेड गर्दे टिमलाई अग्रता दिलाए । खेलको ८४ मिनेटमा अर्मान्डले गोल गर्दे टिमलाई दोब्बर अग्रता दिलाउन सफल भए ।
घरेलु दर्शकको साथ पाएको आयोजक फिदिम लिग लिडर लाई हराउँदै फाइनल खेल्ने रणनीतिका साथ मैदान उत्रिए पनि अवसर सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिएको छ । निकै प्रतिस्पर्धा देखिएको खेलमा पाएको अवसर सदुपयोग गर्न नसक्दा एक गोलमा चित्त बुझाउन प-यो ।
चर्च ब्वाइजका अबयोमीले खेलको नौ मिनेटमा निकै राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् । १३ मिनेटमा फ्री किकबाट पाएको अवसर फ्रेममा परेन । १५ मिनेटमा अवयमीको क्रस पासलाई समीरले प्रहार गर्न सकेनन् । २४ मिनेटमा अर्मान्डको प्रहार गोल पोस्टको बायाँबाट बाहिरियो ।
३६ मिनेटमा अवयोमीलाई फल्ड गरेपछि पाएको अवसरमा रोहनको प्रहार आकासियो । ३९ मिनेटमा अर्मान्डको वान भर्सेष वानको अवसरमा डिफेन्डर बाधक बन्दा टिमलाई अग्रता दिने अवसर गुम्यो । ४२ मिनेटमा एक गोलले पछि परेको चर्च ब्वाइजका लागि ४३ मिनेटमा समीर तामाङले गोल गर्दे खेललाई बराबरी बनाए । ५२ मिनेटमा अबयोमीले टिमलाई अग्रता बनाउने अवसरबाट चुके । ५३ मिनेटमा अर्मान्डको हेट पोस्टमा परेन ।
५६ मिनेटमा अर्मान्डले डिबक्सबाट पाएको अग्रता बनाउने अवसर फितलो प्रहार बन्यो । लगातार आक्रमण गरिरहेको चर्च ब्वाइजले ५७ मिनेटमा रोहनको प्रहारमा विदेशी खेलाडी डिकाको हेड जाली चुम्न सकेन । ७१ मिनेटमा गोल अन्तर बढाउने मौका पाएका अर्मान्डको हेड बाहिरियो । ८० मिनेटमा अर्मान्ड र समीरले पाएको अवसर किपरले रोके पछि अग्रता दोब्बर बनाउने अवसर चुक्यो ।
फिदिम स्पोटिङ क्लब पाँचथरले आफ्नै घरेलु मैदानमा लिग लिडरलाई गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । खेलको १४ मिनेटमा आशिष् चापागाईँले पाएको पास बल नियन्त्रण गर्न चुक्दा टिमलाई अग्रता दिलाउन अवसर गुम्यो । १९ मिनेटमा मनिस क्षेत्रीको क्रस पासलाई शुकराज राईले प्रहार गर्न चुके ।
२२ मिनेटमा आशिषको पासलाई दिनेश सेर्माले दिशा दिन सकेनन् । त्यसको लगत्तै शुकराजको पासलाई आशिष् चापागाईँले गोल गर्ने अवसर पाए पनि अर्मान्ड त्यसको बाधक बन्न पुगे । ४१ मिनेटमा पेनाल्टी एरियाबाट पाएको खुला बल प्रहार फितलो बन्न पुग्यो ।
५५ मिनेटमा विशाल दर्जीको क्रस पास दिनेश चुक्न पुगे । ६४ मिनेटमा आशिष् चापागाईँको निकै राम्रो प्रहार पोस्टको दायाँबाट बाहिरिन पुग्यो । ७९ मिनेटमा शुकराजको निकै राम्रो अवसर गोल पोस्टमा परेन । ८८ मिनेटमा आशिषको अवसर बाहिरिन पुग्यो ।
अन्तिम समयमा आशिषले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । शनिवार न्यु रोड काठमाडौँ र मच्छिन्द्र फुटबल क्लब बिच अन्तिम सेमिफाइनल खेल हुने छ । विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपौया नगद पुरस्कार पाउनेछन् ।