पुनर्निर्माण प्राधिकरण कति आवश्यक ?

काठमाडौं । महाभूकम्प गएको पाँच वर्ष पूरा हुँदासमेत पुनर्निर्माण तथा पुनस्र्थापना कार्य अझै बाँकी रहेको छ । सरकारले महाभूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनस्र्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम गर्दै आएको छ ।

पाँच वर्षका लागि गठन गरिएको प्राधिकरणको समयावधि आगामी पुसमा सकिदै छ । निर्वाधरूपमा काम अघि बढ्दा पनि पुससम्म निजी आवास, सम्पदा, सार्वजनिक तथा सरकारी कार्यालय भवन पुनर्निर्माण बाँकी नै रहने देखिएकोमा कोरोना भाइरस र लकडाउनका कारण पुनर्निर्माण अझै पछि धकेलिने निश्चित देखिएको छ ।

‘समयवधि थप्ने वा नथप्ने ?’ सरकारको जिम्मा रहे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक समितिको पुस अन्तिम साता बसेको बैठकले ‘प्राधिकरणको म्याद थप्ने कि नथप्ने ?’ भन्ने सिफारिस गर्न कार्यदल गठन गरिसकेको छ ।

विद्यालय भवन, सरकारी भवन, पुरातात्विक सम्पदा पुनर्निर्माण पनि हरेक क्षेत्रमा २० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ । प्राधिकरणले हालसम्म ३ खर्ब ८१ अर्ब खर्च भएको जनाएको छ ।

प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राधिकरणका सचिव छन् । पुनर्निर्माण ऐन, २०७२ मा सरकारले आवश्यक ठानेमा म्याद एकवर्ष थप्नसक्ने प्रावधान छ ।

यसअघि, सरकार भने प्राधिकरणको म्याद नथप्ने पक्षमा पुगेको थियो । म्याद थप गर्ने नगर्ने’bout कार्यदल गठन भएकै अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाले प्राधिकरणलाई निरन्तरता दिन नसकिने बताएका थिए ।

अर्थ मन्त्रालयमा यसअघि आयोजित आर्थिक वर्ष २०७६-७७ को अर्ध वार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिने योजना रहेको जानकारी गराएका थिए । सरकारले विपद् व्यवस्थापन प्राधिकरण बनाइसकेको अवस्थामा बाँकी काम त्यही प्राधिकरणले गर्ने भन्दै पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिने सोचमा रहेको उनले बताएका थिए ।

सरकारले प्राधिकरणको म्याद सकिएपछि बाँकी पुनर्निर्माण काम सम्बन्धित मन्त्रालयबाटै अघि बढाउने तयारीमा सरकार पुगे पनि ‘अब कोरोनापछि कसरी पुनर्निर्माणको काम अघि बढ्छ ?’ भन्ने अन्योल छाएको छ ।

प्राधिकरण प्रमुख ज्ञवाली भने ‘म्याद थप गर्ने वा नगर्ने ?’ जिम्मेवारी सरकारको भएको जनाउँदै प्राधिकरणको कार्यकाल थप गरेर पुनर्निर्माण र पुनस्र्थापनाका मूलभूत कार्य सक्ने वा कार्यकाल थप नगरी बाँकी काम सम्बन्धित मन्त्रालय तथा निकायलाई हस्तान्तरण गरेर काम गर्न सकिने सुझाव दिन्छन् ।

हालसम्म निजी आवास पुनर्निर्माणतर्फ सम्पन्न र त्यसक्रममा रहेकासहित ८८ प्रतिशत काम सम्पन्न भएको छ । १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माण चरणमा रहेका छन् ।

विद्यालय भवन, सरकारी भवन, पुरातात्विक सम्पदा पुनर्निर्माण पनि हरेक क्षेत्रमा २० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ । प्राधिकरणले हालसम्म ३ खर्ब ८१ अर्ब खर्च भएको जनाएको छ । पुनर्निर्माणक्रममा सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब र गैरसरकारी संस्थामार्फत ७२ अर्ब गरी ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित